इटहरीमा करिब ३०९ किलो ग्राम गाँजा बरामद
मेरोन्यूज
२०८१ मंसिर ११ गते १८:३९

सुनसरी । इटहरीमा करिब ३०९ किलो ग्राम गाँजा बरामद भएकाे छ ।
इटहरी उपमहानगरपालिका-२० पानीपिया जंगलस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ९ किलोग्राम सोमबार बेलुकी प्रहरीले बरामद गरेको हाे ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर, इलाका प्रहरी कार्यालय धरान, इलाका प्रहरी कार्यालय इटहरी समेतबाट खटिएको प्रहरीले उक्त स्थानमा रोकी राखेको को.१ च ७६८९ नम्बरको स्कारपियो गाडीभित्र उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।
प्रहरीले हाल फरार स्कारपियो चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
प्रतिक्रिया