इटहरीमा करिब ३०९ किलो ग्राम गाँजा बरामद
मेरोन्यूज
२०८१ मंसिर ११ गते १८:३९

सुनसरी । इटहरीमा करिब ३०९ किलो ग्राम गाँजा बरामद भएकाे छ ।
इटहरी उपमहानगरपालिका-२० पानीपिया जंगलस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ९ किलोग्राम सोमबार बेलुकी प्रहरीले बरामद गरेको हाे ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर, इलाका प्रहरी कार्यालय धरान, इलाका प्रहरी कार्यालय इटहरी समेतबाट खटिएको प्रहरीले उक्त स्थानमा रोकी राखेको को.१ च ७६८९ नम्बरको स्कारपियो गाडीभित्र उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।
प्रहरीले हाल फरार स्कारपियो चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
















वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुमा बस दुर्घटना २६ जना घाइते
भक्तपुरमा आजदेखि बिस्का: जात्रा सुरु हुँदै
उपसभामुखको निर्वाचन आज, रुवी र सरस्वतीबिच प्रतिस्पर्धा
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया