५५ करोड बराबरको अनलाइन जुवा खेलाएको आरोपमा एक युवक पक्राउ
मेरोन्यूज
२०८१ मंसिर १२ गते १८:२४

काठमाडौं । अनलाइन जुवामार्फत ५५ करोडको कारोबार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाँचथरको मिक्लाजुङ गाउँपालिका-७ का ३७ वर्षीय सुनिल राईलाई पक्राउ गरेको हो ।
बेटिङ एपमार्फत उनले अनलाइन जुवा खेलाएको आरोप छ । साथै, उनले क्रिप्टो करेन्सी ट्रेड गर्ने गरेको पनि प्रहरीले जनाएको छ ।
हाल ललितपुरको महालक्ष्मी नगरपालिका ४ अफलटोल बस्ने राईले ७५ वटा बैंक खाता, १२८ वटा ईसेवा वालेट लगायत प्रयोग गरी हालसम्म ५५ करोड २० लाख ८४ हजार ७१ रुपैयाँ बराबरको कारोबार गरेको खुलेको छ । उनले २५ भन्दा बढी जिमेल एकाउन्ट खोलेर वान एक्सबेटमा प्रयोग गरेको पाइएको छ ।
विभिन्न व्यक्तिका नागरिकता, पासपोर्ट लगायतका सामग्री पनि प्रहरीले बरामद गरेको छ ।
सम्बन्धित
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया