पत्रकार अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु
मेरोन्यूज
२०७८ वैशाख ९ गते ७:३७

दाङ । दाङका पत्रकार दामोदर अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको छ ।
घोराही उपमहानगरपालिका–१७ बेलभार निवासी ४० वर्षीय पत्रकार अधिकारीको मङ्गलबार राति काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
अधिकारीले चैत २५ गते नेपाल पत्रकार महासंघ दाङमा निर्वाचनमा मतदान गरेका थिए । चैत २६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पिसिआर परीक्षणका क्रममा उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य अवस्था बिग्रँदै गएपछि वैशाख ३ गते अधिकारीलाई हेलिकप्टर चार्टर्ड गरी थप उपचारका लागि काठमाडौं ल्याइएको थियो ।
गोरक्ष राष्ट्रिय दैनिक दाङमा लामो समयदेखि कार्यरत अधिकारी पछिल्लो समयमा व्यवसायमा पनि संलग्न थिए । (रासस)
सम्बन्धित









रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
नेपालमै पहिलो हरियाली अग्रसर दिगोपना उन्मुख ‘करेन्ट नुडल्स’, यशोदा फुड्सले गर्यो सोलार प्रणाली जडान
बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण
चार महिने छोराको हत्या गरेर भागेका असई पक्राउ
लुम्बिनी प्रदेशमा झण्डै १३ हजार छाडा चौपाय: सर्वेक्षण
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, ३ वटा टोली प्लेअफ होडबाट बाहिर
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
प्रतिक्रिया