‘लरेन्स विश्वोई’को नाममा व्यवसायीलाई धम्की दिने दुर्गा प्रसाईंका सहयोगी, प्रसाईंले नै दिन्थे आदेश

काठमाडौं । भारतीय आपराधिक समूहको नामबाट व्यवसायीलाई धम्की दिएको आरोपमा एकजना पक्राउ परेका छन् ।
नेपालमा व्यवसाय गरिरहेका विभिन्न व्यक्तिलाई भारतीय नम्बरबाट फोन तथा मेसेज गरेर धम्की दिएको आरोपमा प्रहरीले झापाको मेचीनगर नगरपालिका–१३, चारआलीका ३६ वर्षीय हरिचन्द्र फुयाललाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, उनले फोन तथा मेसेजमा आफूलाई भारतीय आपराधिक समूह लरेन्स बिश्नोईको सदस्य बताउँथे । त्यसक्रममा मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग तुरुन्त माफी माग्न बताउँथे । अन्यथा ज्यान लिने धम्कीसमेत दिन्थे । उनले व्यवसायीलाई आतंकित पारेर आपराधिक लाभ लिन खोजेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, प्रारम्भिक अनुसन्धानमा उनले भारतीय आपराधिक समूहको नामबाट व्यवसायीलाई धम्की दिने काम मेडिकल व्यवसायी प्रसाईंको निर्देशनमा गरेको बयान दिएका छन् । उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
प्रतिक्रिया