व्यवसायीलाई धम्की दिने १ जना पक्राउ
मेरोन्यूज
२०८१ मंसिर १४ गते १८:२७

काठमाडौँ । भारतीय नम्बरबाट फोन तथा म्यासेज पठाएर व्यवसायीलाई आतङ्कित पारी आपराधिक लाभ लिन खोज्ने एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ‘भारतीय आपराधिक समूह’ को सदस्य भएको भनी व्यवसायीलाई धम्क्याउने झापाको मेचीनगर नगरपालिका–१३ चारआली बस्ने ३६ वर्षीय नवीन प्रधान भन्ने हरिचन्द्र फुँयाललाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंको निर्देशनमा उनले भारतीय आपराधिक समूहको नामबाट व्यवसायीलाई धम्की दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो । फुँयाल यसभन्दा अगाडिसमेत विभिन्न कसुरमा संलग्न भई फरार रहेकोसमेत खुल्न आएको छ ।
प्रहरीले उनको साथबाट दुई थान मोबाइलसमेत बरामद गरेको छ ।
सम्बन्धित

















पेप्सीकोलामा बसबाट खसेर वृद्धको मृत्यु
फोर्थिङ ‘एक्सचेन्ज एण्ड अपग्रेड टु फ्राइडे ईभी’ अफर सार्वजनिक, ७ लाखसम्मको विशेष योजना
जिलीको अत्याधुनिक ‘सर्ट ब्लेड’ ब्याट्री अब नेपालमा, ईएक्स ५ मार्फत उपलब्ध
Chhayanath Rara Municipality approves Procedures on Labour Bank
मधेश बलियो भए मात्रै मुलुकमा संघीयता सुरक्षित रहन्छ : उपेन्द्र यादव
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
बेलायतका पूर्व राजकुमार एन्ड्रयु पक्राउ
प्रतिक्रिया