शृङ्खलाबद्ध चोरी र डकैतीमा संलग्न गिरोह पक्राउ

जलेश्वर। महोत्तरीको गौशाला नगरपालिका र औरही नगरपालिकाको विभिन्न वडामा हतियार देखाएर शृंखलाबद्ध चोरी र डकैती गर्दै आएका एक महिलासहित चार भारतीय र दुई नेपाली गरी छ जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको विहार राज्यको सीतामढी घरभई हाल महोत्तरीको गौशाला बजारमा डेरा भाडा लिएर डाक्टरी पेसा गर्दै आएका ३० वर्षीय डाक्टर भन्ने प्रमोदकुमार साह, उनकी पत्नी २६ वर्षीया सञ्जुदेवी साह, भारत सीतामढीकै ५२ वर्षीय रण्धीर साह र सुधीर भण्डारी माली रहेका छन्।
त्यस्तै गौशाला नगरपालिका–६ बस्ने २६ वर्षीय राकेशकुमार यादव र वडा नम्बर–९ बस्ने २८ वर्षीय ललन साह पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए।
पक्राउ परेका छ जना र अन्य चार जना गरी १० जनाको समूहमा गौशाला र औरही नगरपालिकाको विभिन्न वडामा बन्दुक, पेस्तोल र अन्य घरेलु हतियार प्रयोग गरेर आधा दर्जन बढी चोरी र डकैतीको शृङ्खलाबद्ध घटना घटाएर लाखौँको नगद र सुनचाँदीका गरगहना लुटपाट गरेको प्रहरीले जनाएको छ।
छ जनाकै समूहमा संलग्न अन्य चार जना त्यस्तै प्रकारको घटनामा भारतको विहार राज्यमा पक्राउ परेको भारतीय प्रहरीबाट जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरूको साथबाट बरामद गरिएको दुई थान पेस्तोल, एक थान नलकटुवा, २३ राउण्ड गोली, विभिन्न फलाम र स्टिलका हतियार, औजार, सुन र चाँदीका गरगहना, मोबाइल छ थानलगायत सामग्री पनि सार्वजनिक गरेको छ।
लुटेराले जिल्लाको औरही नगरपालिकाको औरही बजार, गौशाला नगरपालिकाको निगौल, बटौवा, इमली बजार, रजखोरलगायत स्थानमा हतियार देखाएर लुटपाट गरेका थिए।
पक्राउ परेका उनीहरूमाथि जिल्ला प्रहरी कार्यालयले हात हतियार तथा खरखजाना, चोरी र डाँका (लुटपाट) र सङ्गठित अपराध मुद्दा चलाएर अनुसन्धान अगाडि बढाएको छ।

















एमाले कांग्रेस परित्याग गरेकालाई प्रचण्डले भित्र्याए
11 days to HoR elections: Voter education program continues in 6,743 wards
दुई पाडीबाट आचार्यले थालेको भैँसीपालन व्यावसायिकतातर्फ
जिल्ला प्रशासन कार्यालयकाे गौर नगर क्षेत्रभित्र पुनः निषेधाज्ञा जारी
सर्वोच्चको आदेशविरुद्ध ट्रम्प :विश्वव्यापी १५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
प्रतिक्रिया