मोरङको ग्रामथान गाउँपालिकामा माओवादी उम्मेदवारको फराकिलो मतान्तर
मेरोन्यूज
२०८१ मंसिर १७ गते ६:०३

काठमाडौं – मोरङ ग्रामथान गाउँपालिकाको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता फराकिलो पारेका छन्।
निर्वाचन आयोगका अनुसार सोमबार बिहानको ताजा मतपरिणाम अनुसार उक्त गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार नमोनारायण माझी ४८०२ मतसाथ अगाडि छन्।
उनलाई नेपाली कांग्रेसका उम्मेदवार बलराम सरदार थारुले पछ्याइरहेका छन्। उनले ३१४४ मत ल्याएका छन्।
त्यसैगरी तेस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार तुलसीराम विश्वास रहेका छन्। उनले २१३८ मत ल्याएका छन्।
राप्रपाका उम्मेदवार दिनेशकुमार थन्दारले ३८८, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार नवीनकुमार विश्वास खवासले २५८ र नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलकुमार विश्वकर्माले १०२ मत ल्याएका छन्।
सम्बन्धित















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया