आइतबार, फागुन १०, २०८२

सुनसरीमा ५८ किलोग्राम गाँजासहित १ जना पक्राउ

मेरोन्यूज २०८१ मंसिर १७ गते १७:२६

सुनसरी । प्रहरीले सुनसरीबाट काँगासहित १ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-१५ का २१ वर्षीय सुनिल राई रहेका छन्। 

Advertisement
nepal life insurencenepal life insurence

उनलाई सोमबार बिहान इनरुवाबाट लौकहीतर्फ मोटरसाइकलमा गइरहेका बेला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। 

भोक्राहा नरसिंह गाउँपालिका-५ टपरा टोलबाट अवैध लागुऔषध गाँजा करिब ५८ किलो ३ सय ग्रामसहित मोटरसाइकलमा गइरहेको अवस्थामा राई पक्राउ परेका थिए।

प्रहरी चौकी चिरौलीचोकबाट खटिएको प्रहरीलाई देख्ना साथ  मोटरसाइकलमा सवार दुई जना व्यक्तिहरू भाग्न खोजेका थिए। मोटरसाइकलमा सवार राईलाई भने उक्त परिमाणको गाँजासहित प्रहरीले पक्राउ गरेको छ। अर्का व्यक्ति भने फरार छन्।

प्रहरीले मोटरसाइकलसहित फरार भएका चालकको खोजी गरिरहेको छ। 

प्रतिक्रिया