क्रिकेट मैदानबाटै एनपीएलमा अनलाइन ‘बेटिङ’, चार भारतीय पक्राउ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा अनलाइन बेटिङ खेलाउने गिरोहका ४ जना सदस्य पक्राउ परेका छन्। पक्राउ परेका उनीहरु सबै भारतीय छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सोमबार २ जना र मंगलबार २ जनालाई पक्राउ गरेको हो। सीआईबीले उनीहरुलाई कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट ग्राउन्डबाटै पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा भारत कोलकाताका सुमन घोष, उत्तर प्रदेश कानपुरका अमित यादव, बिहार सहरसाका सुमन्त कुमार र ब्रजेश कुमार छन्। उनीहरुले एनपीएलमा स्पोर्ट्स बाजी, प्रोबोलगायतका अनलाइन बेटिङ एपबाट सट्टेबाजी गरेको पाइएको सीआईबीले जनाएको छ।
पक्राउ परेकाहरुको साथबाट प्रहरीले भारतीय आधार कार्ड ४ थान र ६ वटा मोबाइल बरामद गरेको छ। उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको सीआईबीले जनाएको छ।
गत शनिबारबाट एनपीएल सुरु भएको हो। एनपीएलमा बेटिङ हुन सक्ने भन्दै सीआईबीको टोलीले क्रिकेट मैदानमा निगरानी बढाएका थिए।









एमाले महाधिवेशन : ओलीको अग्रता कायम
एमाले उपाध्यक्ष: विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण
एमाले महाधिवेशन : महासचिवमा शंकरको प्रारम्भिक अग्रता
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
ओलीसँग भिड्न ईश्वर पोखरेलले गराए उम्मेदवारी दर्ता
प्रतिक्रिया