किर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेड मास्टर पक्राउ

रौतहट। रौतहट स्थित किर्ते कागजात पेश गरी बैंक खाता बाट लाखौँ रुपैयाँ निकासा गराई हिनामिना गरेको आरोपमा एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका अन्तर्गत श्रीआधुनिक प्राथमिक विद्यालय राजपैडाका प्रधानाध्यापक किशोरी चौधरी रहेका छन्। निज माथी लिखत सम्बन्धी कसूर अन्तर्गत रौतहट जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन्।
चन्द्रपुर नगरपालिकाको आर्थिक बर्ष २०८०र०८१ को बिषेश अनुदानबाट श्री आधुनिक प्राथमिक विद्यालय राजपैडामा ४ कोठे भवन निर्माणको लागी ४७लाख, ७५ हजार, ५१२रुपैयाँ ,८५ पैसा , विद्यालयको खातामा रकम निकासा गरीएको थियो।
उक्त रकम नियमानुसार भुक्तानी पाउने गरी रकम रोक्का गरी विद्यालय भवन निर्माणको लागी ५३ लाख,९८ हजार,२८९ रुपैयाँ,५२ पैसाको कार्यआदेश सहित ब्रहम बाबा कन्ट्रक्सनसंग ठेक्का सम्झौता गरीएको थियो। प्राविधिक नाप जाँच तथा पहिलो रनिङ बिल भरपाईको आधारमा चन्द्रपुर नगरपालिकाको पत्रद्वारा २० लाख,१० हजार,५२९ रुपैयाँ,र७९ पैसा ब्रहम बाबा कन्ट्रक्सनले भुक्तानी पाउने गरी रकम फुकुवा तथा भुक्तानीको पत्र पठाएको थियो।
उक्त रकम निकाले पश्चात विद्यालयका प्रधानाध्यापक किशोरी चौधरीले चन्द्रपुर नगरपालिकाको पत्रहरुमा किर्ते हस्ताक्षर गरी २९ लाख,३५ हजार,५२९ रुपैयाँ,।७९ पैसा ब्रहम बाबा कन्ट्रक्सनले भुक्तानी पाउने गरी रोक्का रहेको रकम फुकुवा गरी विद्यालयको खातामा रहेको रकम निकाली हिनामिना गरेको प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले जानकारी दिएका छन्।
प्रधानाध्यापक चौधरीलाई हिजो सोमवार पक्राउ गरी कार्वाही प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ















छोरीसँगै किमजोङ द्वारा रकेट प्रहार अभ्यास अवलोकन
लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
सूर्यविनायकमा ‘स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना’ सुरु
पितृशोकमा रहेका ओलीलाई भेट्न गुण्डु पुगिन् प्रधानमन्त्री कार्की
मध्यपूर्व टकरावले तेल आपूर्ति सङ्कट र अन्तर्राष्ट्रिय तनाव बढाउँदै
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रतिक्रिया