विभिन्न जिल्लामा ४ जना मृत अवस्थामा फेला

काठमाडौँ । बुधवार विभिन्न जिल्लामा ४ जना मृत अवस्थामा फेला परेका छन् । पर्वत, धनुषा र कैलाली लगायतका जिल्लामा ४ जना मृत अवस्थामा फेला परेका हुन् ।
पर्वतको मोदी गाउँपालिका–३ स्थित घईते जंगलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको कुश्मा नगरपालिका–४ बस्ने ७६ वर्षीय पदमबहादुर विश्वकर्मा मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै धनुषामा पनि एक महिला मृत अवस्थामा फेला परेकी छ । जिल्लाको विदेह नगरपालिका–५ मुडिया बस्ने ४० वर्षीया रामप्यारी देवी ठाकुर मृत अवस्थामा फेला परेकी हुन् ।
ठाकुर शहिदनगर नगरपालिका–६ हठिपुर गाउँस्थित धान खेतमा बुधवार मृत अवस्थामा फेला परेकी हुन । त्यस्तै कैलालीको गोदावरी नगरपालिका–१ धनगढी रोडस्थित वनदेवी जङ्गलको छेउमा सोही नगरपालिका–४ वसन्तपुर बस्ने ३५ वर्षीय तेज रैकाल बुधवार मृत अवस्थामा फेला परेका छन् ।
चितवनको भरतपुर महानगरपालिका–८ गौरीगंजस्थित राष्ट्रिय निकुञ्जको जंगलभित्र सोही महानगरपालिका–७ बस्ने ५० वर्षीया महाकाली दाहाल पनि मृत अवस्थामा फेला परेकी छिन् ।
सबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
प्रतिक्रिया