शनिबार, जेठ ३, २०८२

विभिन्न जिल्लामा ४ जना मृत अवस्थामा फेला

मेरोन्यूज २०८१ मंसिर १९ गते १९:५१

काठमाडौँ । बुधवार विभिन्न जिल्लामा ४ जना मृत अवस्थामा फेला परेका छन् । पर्वत, धनुषा र कैलाली लगायतका जिल्लामा ४ जना मृत अवस्थामा फेला परेका हुन् ।

पर्वतको मोदी गाउँपालिका–३ स्थित घईते जंगलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको कुश्मा नगरपालिका–४ बस्ने ७६ वर्षीय पदमबहादुर विश्वकर्मा मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै धनुषामा पनि एक महिला मृत अवस्थामा फेला परेकी छ । जिल्लाको विदेह नगरपालिका–५ मुडिया बस्ने ४० वर्षीया रामप्यारी देवी ठाकुर मृत अवस्थामा फेला परेकी हुन् ।

ठाकुर शहिदनगर नगरपालिका–६ हठिपुर गाउँस्थित धान खेतमा बुधवार मृत अवस्थामा फेला परेकी हुन । त्यस्तै कैलालीको गोदावरी नगरपालिका–१ धनगढी रोडस्थित वनदेवी जङ्गलको छेउमा सोही नगरपालिका–४ वसन्तपुर बस्ने ३५ वर्षीय तेज रैकाल बुधवार मृत अवस्थामा फेला परेका छन् ।

चितवनको भरतपुर महानगरपालिका–८ गौरीगंजस्थित राष्ट्रिय निकुञ्जको जंगलभित्र सोही महानगरपालिका–७ बस्ने ५० वर्षीया महाकाली दाहाल पनि मृत अवस्थामा फेला परेकी छिन् ।

सबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया