विराटनगरले टस जितेर कर्णालीविरुद्ध बलिङ गर्दै
मेरोन्यूज
२०८१ मंसिर २२ गते १३:०४

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा विराटनगरले कर्णालीविरुद्ध टस जितेर बलिङ गर्दैछ ।
सुरुका दुई/दुई खेलमा पराजित भएका यी दुई टोलीले तेस्रो खेल जितेका थिए । दुवै टोली आज लगातार दोस्रो जितका लागि खेलिरहेका छन् ।
आज बिहान भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया