उपराष्ट्रपति यादवसँग चीनको सीपीपीसीसी सदस्य शुनको शिष्टाचार भेट

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको राजनीतिक सल्लाहकार निकाय ‘चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन’ (सीपीपीसीसी)को राष्ट्रिय कमिटी सदस्य एवं चिनियाँ बुद्धिस्ट सङ्घका उपाध्यक्ष तथा शनचन होङफा र नानसान मन्दिरका मठाधीश यिन शुनले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरेका छन् ।
उक्त अवसरमा शुभकामना आदानप्रदानपश्चात नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध, जनस्तरबीचको सम्बन्ध, द्विपक्षीय भ्रमण र सहयोगलगायतका विषयमा महत्वपूर्ण छलफल भएको जनाइएको छ ।
उपराष्ट्रपति यादवले नेपाल र चीनबीच सदियौंदेखि रहिआएको सौहार्दपूर्ण सम्बन्ध हालैका वर्षहरूमा अझ व्यापक र घनिष्ठ बन्दै गएको बताए ।
‘सन् १९५५ मा स्थापित कूटनीतिक सम्बन्धले आगामी वर्ष सन् २०२५ मा ७०औं वर्ष पूरा गर्न लागेकोमा म अत्यन्तै हर्षित छु’, उनले भने, ‘हाम्रो मित्रवत सम्बन्ध आपसी सद्भाव, मित्रता, पारस्परिक लाभमा आधारित छ ।’
उपराष्ट्रपति यादवले नेपाल र चीनबीच जनस्तरमा अत्यन्त सुमधुर सम्बन्ध रहिआएको बताए ।
‘चौथो शताब्दीदेखि नै हाम्रा दुई देशबीच सामाजिक, सांस्कृतिक सम्पर्क रहिआएको, चिनियाँ भिक्षु फा सियान र हु यान साङ तथा नेपाली भिक्षु बुद्धभद्र, राजकुमारी भृकुटी र कलाकार अरनिकोले हाम्रो जनस्तरको सांस्कृतिक सम्बन्धलाई समृद्ध बनाउन पु¥याएको योगदानलाई म स्मरण गर्न चाहन्छु’, उनले भने, ‘नेपाल-चीन सम्बन्धले दुवै देशका नागरिकहरूको विकास, समृद्धि र दिगो शान्ति प्राप्तिको साझा आकाङ्क्षा पूरा गर्न महत्वपूर्ण आधारशीला प्रदान गरेको छ ।’
उपराष्ट्रपति यादवले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहिआएको बताए । पछिल्ला वर्षहरूमा नेपाल र चीनबीच संस्कृति, पर्यटन, नागरिक उड्डयन, शिक्षा, स्वास्थ्य, ऊर्जा, पूर्वाधार निर्माण, ‘कनेक्टिभिटी’, सूचना प्रविधिको विकासलगायत विकासका बहुआयामिक क्षेत्रहरूमा गहन रूपमा आपसी सहयोग एवं सहकार्य भइरहेकोमा म खुसी व्यक्त गर्न चाहन्छु’, उनले भने, ‘नेपाल सन् २०२६ सम्म अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति हुन गइरहेको सन्दर्भमा चीनले नेपालको आर्थिक विकास र उन्नतिका लागि थप सहयोग विस्तार गर्नेछ भन्नेमा म विश्वस्त छु ।’
उपराष्ट्रपति यादवले नेपालले चीनसँगको सम्बन्धलाई उच्च महत्व दिँदै आएको र आगामी दिनमा पनि दुई देश र जनताको पारस्परिक हितका लागि निरन्तर सहकार्य हुँदै जानेमा विश्वास व्यक्त गर्दै शुनको नेपाल भ्रमण सफल र बसाई सुखद रहोस् भन्ने कामना गरे ।
सीपीपीसीसीका राष्ट्रिय कमिटी सदस्य एवं चिनियाँ बुद्धिस्ट सङ्घका उपाध्यक्ष तथा शनचन होङफा र नानसान मन्दिरका मठाधीश यिन शुनले प्रत्येक चिनियाँ भिक्षुहरुले लुम्बिनीलाई आफ्नो हृदयमा राखेको उल्लेख गर्दै यो पवित्रभूमिप्रति आफूसहित सम्पूर्ण चिनियाँ नागरिकको ठूलो आस्था रहेको बताए ।
‘प्रत्येक वर्ष ७० हजार चिनियाँ नागरिकले लुम्बिनी भ्रमण गर्दछन् । लुम्बिनी विश्वविद्यालयलाई चिनियाँ वेबसाइटमा समेत सूचीकृत गरिएको छ’, उनले भने, ‘चिनियाँ मन्दिरले लुम्बिनी विश्वविद्यालयका विद्यार्थीलाई चीनमा पढ्न जान व्यवस्थापन गर्दै आएको छ ।’
उनले नेपाल पवित्र भूमि विश्वका सम्पूर्ण बौद्धमार्गीको मन र हृदयमा रहेको बताए ।

















गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
धनुषामा बम विस्फोट, दुई बालबालिका घाइते
इरानी आक्रमणले खाडी क्षेत्रमा तेल पूर्वाधार प्रभावित
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
इरानले आज फेरी गर्याे मध्यपूर्वका २७ अमेरिकी अड्डाहरूमा आक्रमण
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
प्रतिक्रिया