सशस्त्र प्रहरिद्वारा पर्साबाट ३० लाख बढिको कपडा बरामद

पर्सा । सशस्त्र प्रहरिद्वारा पर्साबाट ३० लाख बढिको कपडा बरामद गरिएको छ।
शनिबार राती पर्सा जिल्लाको बिरगंज महानगपालिका-६ लाटगलि बाट सशस्त्र प्रहरि बलले ३० लाख रुपैयाँ बढिको कपडा बरामद गरेको हाे ।
बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंज बाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको सुरक्षा फौज र बिरगंज भन्सार कार्यालय बाट नायब सुब्बा हफिज उल्लाह अंसारी सहितको संयुक्त टोलिले भन्सार छलेर गोदाममा भण्डारण गरि राखिराखेको कपडा र कस्मेटिक सामान नियन्त्रणमा लिएको हो ।
बरामद कपडामा कुर्ता सुरुवाल १ हजार ६ सय २७ पिस , स्काफ १ हजार ७ सय २२ पिस , सल २ हजार ७ सय ६८ पिस , लेडिज ब्याग, साडी पिन , लङ कोट लगायत रहेको छ । आज आइतबार ती सामनको ३० लाख उनन्चास हजार सात सय मुल्य कायम गरि आबश्यक कारबाहिको लागि बिरगंज भन्सार कार्यालयमा बुझाईको छ ।
पछिल्लो करिब ९ महिनाको अबधिमा मात्र डिएसपी रिजालको टोलिले पर्साको सीमा क्षेत्र र गोदाम गरि राखिएका करोडौं मूल्य बराबरका अबैध सामान बरामद गरेको छ ।










‘पिकअपभ्यान’सहित १७६ किलो गाँजा बरामद
भिरबाट लडेर एक वृद्धाको मृत्यु
एमाले महाधिवेशनः मतदान सुरु
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रतिक्रिया