महिला यू-१९ एसिया कपमा आज बंगलादेशसँग खेल्दै नेपाल

काठमाडौं । महिला यु-१९ एसिया कप क्रिकेट प्रतियोगितमा नेपालले आज ‘सुपर चार’ मा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। यो खेल नेपाली समय अनुसार शुक्रबार बिहान ११:४५ बजे सुरु हुनेछ।
मलेसियामा जारी प्रतियोगिताको समूह चरणको पहिलो खेलमा पाकिस्तानमाथि ६ विकेटको शानदार जित निकालेको नेपालले भारतसँग अंक बाँडेको थियो।
समूह चरणमा उपविजेता बन्दै सुपर चारमा पुगेको नेपालले बिहीबार श्रीलंकासँगसमेत अंक बाँडेपछि चार अंकसहित तालिकाको तेस्रो स्थानमा छ।
समूह ‘बी’ को विजेता बन्दै सुपर चार पुगेको भारतको पाँच अंक छ। बंगलादेश र नेपालको समान चार अंक भए पनि रनरेटका आधारमा बंगलादेश तालिकाको दोस्रो स्थानमा छ। श्रीलंका भने सुपर चारको तालिकामा तीन अंकका साथ अन्तिम स्थानमा छ।
शुक्रबारको खेलमा बंगलादेशलाई नेपालले हराए फाइनल पुग्नेछ। फाइनल खेल आइतबार बिहान हुँदैछ।एसियाबाट यु-१९ महिला विश्व कपमा छनोट भएकाले नेपालले एसिया कप खेल्ने मौका पाएको हो।
















समपूरक र विशेष अनुदान लिन ३ हजार ५ सय आयोजना प्रस्ताव
मकवानपुरमा भिरबाट लडेर एक बालिकाको मृत्यु
इरानी उर्जा पुर्वाधारमा पाँच दिनका लागि आक्रमण स्थगितः ट्रम्प
गगन थापाले भने- हतार र हतासमा राजीनामा दिएको थिइनँ
आमाको नामबाट ३ हजारले लिए नागरिकता
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
प्रतिक्रिया