दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश
मेरोन्यूज
२०८१ पुष ५ गते १७:३४

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ ।
शुक्रबार सर्वोच्चले उक्त आदेश दिएको हो । दुर्गा प्रसाईंका छोरा निराजनको तर्फबाट नारायण खवासले यही पुस २ गते थुनामुक्तको माग दाबी गर्दै रिट दायर गरेका थिए ।
उक्त रिटमा बुधबार न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासले प्रारम्भिक सुनुवाई गर्दै थुनुवा झिकाउने आदेशसहित कारण देखाउ आदेश जारी गरेको थियो । सोही रिटमा शुक्रबार सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएको हो ।
सम्बन्धित
प्रतिक्रिया