बारामा कारभित्रै युवक मृत भेटिए, हत्याको आशंका
मेरोन्यूज
२०८१ पुष ६ गते १२:२२

जनकपुरधाम । बाराको जितपुर सिमरा उपमहानगरपालिका- ११ स्थित सडक छेउमा रोकिराखेको कारभित्र एक युवक मृत भेटिएका छन् ।
बागमती प्रदेशको ०१–०२८–च–७६१६ नम्बरको कारभित्र पहिचान खुल्न नसकेको युवक मृत भेटिएका हुन् । चालककै सिटमा भेटिएका ति युवकको टाउकोमा गम्भीर चोट लागेकाले हत्याको आशंका छ ।
बाराका प्रहरी प्रमुख एसपी महेन्द्र खड्काले कारभित्र मृत भेटिएका युवकको पहिचान खुल्न नसकेको बताए । उनले घटना शंकास्पद देखिएको र थप अनुसन्धान भइरहेको बताए ।
सम्बन्धित
प्रतिक्रिया