२०२४ मा यी बलिउड कलाकारलाई आयाे ज्यान मार्ने धम्की

काठमाडौं। सन् २०२४ सकिन अब केही दिन मात्रै बाँकी छ ।
यो वर्ष धेरै बलिउड कलाकारले ज्यान मार्ने धम्कीको सामना गर्नुपर्याे । जसकारण लरेन्स बिश्नोई ग्रुप र अभिनेता सलमान खान सधैँ चर्चामा रहे ।
सलमानका निकट सहयोगी र एनसीपी नेता बाबा सिद्दिकीको अक्टोबर १२ मा हत्यापछि सलमानाई पनि कयौंपटक ज्यानमार्ने धम्की आएको थियो । उनको घरमा गोली समेत चलाइएको थियो । त्यसयता सलमानसँगै उनको घरको सुरक्षा बढाइएको छ । साथै यस अपराधमा संलग्न केहीलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
बाबा सिद्दिकीको हत्याको जिम्मा बिश्नोई समुहले लगिसकेको छ ।
यो वर्ष अभिनेता शाहरुख खानलाई पनि धम्की आएको छ । शाहरुखलाई मार्ने धम्की दिँदै ५० लाख भारु माग्ने एक वकिललाई प्रहरीले पक्राउ गरेको थियो ।
भारतका चर्चित र्यापर हनीसिंहले पनि एक अन्तरवार्तामा आफुलाई ग्याङस्टार गोल्डी ब्रारले ज्यानमार्ने धम्की दिँदै ५० लाख रुपैयाँ फिरौती मागेको खुलासा गरेका छन् ।
अभिनेता विक्रान्त मेसी पनि यो सूचीमा परेका छन् । गोधर घटनामा बनेको फिल्म ‘द साबरमती रिर्पोट’ पछि अभिनेता र उनको परिवारलाई ल्यान मार्ने धम्की आएको थियो ।
अभिनेत्री तथा नेता कंगना रनौतलाई पनि ज्यान मार्ने धमकी आएको उनले बताएकी छन् ।










दोस्रो संस्करणको एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
NPL 2025: Biratnagar defeats Pokhara by 53 runs
संसद् पुनःस्थापनाका लागि एमाले सर्वाेच्च जाने
कुशलको अर्धशतक पूरा, बने छैटौँ खेलाडी
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
बढ्यो पेट्रोल र डिजेलको मूल्य
प्रतिक्रिया