दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार साढे ४ अर्ब
मेरोन्यूज
२०८१ पुष ७ गते १६:००

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार दोहोरो अंकको गिरावट भएको छ । आज नेप्से १३.५३ अंकले घटेर २ हजार ५ सय ८३ दशमलव २९ विन्दुमा बन्द भएको हो ।
नेप्सेका अनुसार आज ४ अर्ब ५१ करोड ८३ लाख ८५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा ८५ कम्पनीको सेयरमूल्य बढ्दा १५३ को घट्यो । ६ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।
तीन कम्पनीको सेयरमूल्यमा भने उच्च वृद्धि भएको छ । जसमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, बाराही हाइड्रोपावर पब्लिक लिमिटेड र ङादी हाइड्रोपावर लिमिटेड रहेका छन् । यी कम्पनीहरुको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।
सप्तकोशी विकास बैंक लिमिटेडको शेयरमूल्य ६.४० प्रतिशतले घटेको छ । आज रिभरफल्स पावर लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज २२ करोड ३ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
सम्बन्धित










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
प्रतिक्रिया