आधा किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ
मेरोन्यूज
२०८१ पुष ७ गते २०:११

कैलाली । कैलालीमा आधा किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय, कैलालीको टोलीले ५४९.२०० ग्राम सुन, नगद र अन्य सामग्रीसहित भारतको पलियाका ४४ वर्षीय दीपक गुप्ता र ३४ वर्षीय सुमित बर्मालाई नियन्त्रणमा लिएको जनाएको हो।
धनगढी उपमहानगरपालिका वडा नम्बर ३, ट्राफिक चौराहमा शंका लागेपछि चेकजाँच गर्दा युपी ३२ जेभी ९२०० नम्बरको मोटरसाइकलबाट सुन ल्यापटप, मोबाइल, ४४ हजार ८१० नेपाली रुपैयाँ र १ हजार २८० भारतीय रुपैयाँ बरामत गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।
पक्राउ परेका मध्येका सुमित बर्माले भारतको पलियामा सुनचाँदीको व्यवसाय गर्दै आएको प्रहरीले जनाएको छ।
सम्बन्धित
















फ्रान्समा चार आप्रवासीको मृत्यु
ओली केही दिन अस्पतालमै रहने
नाडा प्रतिनिधिमण्डल र अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बरालबीच भेटवार्ता
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया