शून्य प्रतिशत ब्याजदरमै सीएफ मोटो २५० एनके, सरल किस्ताबन्दीको सुविधा पनि

काठमाडौं । सीएफमोटो नेपालले नयाँ वर्षको अवसर पारेर आफ्नो विशेष वित्तीय योजना ‘न्यु इयर, न्यु राइड’ सार्वजनिक गरेको छ । यस योजनाले ग्राहकहरूलाई शून्य प्रतिशत व्याजदरमै २४ महिने सरल किस्ताबन्दीमा आफ्नो २५० एनके कम्प्युटर सेग्मेन्टमा न्याकेड सिरिजको बाइक किन्ने अवसर प्रदान गरेको छ ।
यस योजना मंगलबारदेखि सुरु भएर माघ १८ गतेसम्म लागू हुने जनाइएको छ । न्यूनतम ५० प्रतिशत डाउन पेमेन्ट गरेर सरल किस्ताबन्दी योजनाका सीएफमोटोको २५० एनके खरिद गर्न सकिने कम्पनीको भनाइ छ । साथै, यस योजनाले सरल कागजि प्रक्रिया रुचिअनुसारको किस्ताबन्दी योजना रोज्ने सुविधा समेत प्रदान गर्नेछ ।
यस योजनाअन्तर्गत शून्य प्रतिशत व्याजदरबाट लाभ लिन सक्ने भएकाले यसले आफ्नो ब्रान्डलाई अझ पहुँचयोग्य बनाउने कम्पनीको दाबी छ । साथै, कम्पनीले बिक्रीपछिको सेवालाई अझ चुस्त र दुरुस्त बनाउन, स्पेयर पार्टसको सहज उपलब्धि तथा सर्भिस क्वालिटीलाई समेत उच्च प्राथमिकता दिएको जनाएको छ ।
कम्पनीले हालै उपत्यकालगायत बाहिरी जिल्लाका ग्यारेजवालाहरूलाई समेत दुई दिने आफ्ना दुई सय ५० सीसी तथा चार सय ५० सीसीका बाइकहरूको तालिम सीएफमोटो चाइनाका ट्रेनरमार्फत सञ्चालन गरेको थियो ।
साथै, २५० एनके नगदमा खरिद गर्ने ग्राहकहरूलाई २५ हजार रुपैयाँ छुट, एक्सचेन्जमा ३० हजार रुपैयाँ थप मूल्याङ्कनको समेत सुविधा रहेको कम्पनीले जनाएको छ । साथै, फ्रि गिफ्ट, हेल्मेट, एक वर्षका लागि सीएफमोटोको पार्टस खरिदमा १० प्रतिशत छुट समेत दिएको छ ।















मातृकाको सांसद पद जोगियो, किशोरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
रवि लामिछानेविरुद्धकाे दायर रिट ‘हेर्दाहेर्दै’मा
प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
पूर्वराष्ट्रपति भण्डारीद्वारा अध्यक्ष ओलीलाई समवेदना
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रतिक्रिया