शून्य प्रतिशत ब्याजदरमै सीएफ मोटो २५० एनके, सरल किस्ताबन्दीको सुविधा पनि

काठमाडौं । सीएफमोटो नेपालले नयाँ वर्षको अवसर पारेर आफ्नो विशेष वित्तीय योजना ‘न्यु इयर, न्यु राइड’ सार्वजनिक गरेको छ । यस योजनाले ग्राहकहरूलाई शून्य प्रतिशत व्याजदरमै २४ महिने सरल किस्ताबन्दीमा आफ्नो २५० एनके कम्प्युटर सेग्मेन्टमा न्याकेड सिरिजको बाइक किन्ने अवसर प्रदान गरेको छ ।
यस योजना मंगलबारदेखि सुरु भएर माघ १८ गतेसम्म लागू हुने जनाइएको छ । न्यूनतम ५० प्रतिशत डाउन पेमेन्ट गरेर सरल किस्ताबन्दी योजनाका सीएफमोटोको २५० एनके खरिद गर्न सकिने कम्पनीको भनाइ छ । साथै, यस योजनाले सरल कागजि प्रक्रिया रुचिअनुसारको किस्ताबन्दी योजना रोज्ने सुविधा समेत प्रदान गर्नेछ ।
यस योजनाअन्तर्गत शून्य प्रतिशत व्याजदरबाट लाभ लिन सक्ने भएकाले यसले आफ्नो ब्रान्डलाई अझ पहुँचयोग्य बनाउने कम्पनीको दाबी छ । साथै, कम्पनीले बिक्रीपछिको सेवालाई अझ चुस्त र दुरुस्त बनाउन, स्पेयर पार्टसको सहज उपलब्धि तथा सर्भिस क्वालिटीलाई समेत उच्च प्राथमिकता दिएको जनाएको छ ।
कम्पनीले हालै उपत्यकालगायत बाहिरी जिल्लाका ग्यारेजवालाहरूलाई समेत दुई दिने आफ्ना दुई सय ५० सीसी तथा चार सय ५० सीसीका बाइकहरूको तालिम सीएफमोटो चाइनाका ट्रेनरमार्फत सञ्चालन गरेको थियो ।
साथै, २५० एनके नगदमा खरिद गर्ने ग्राहकहरूलाई २५ हजार रुपैयाँ छुट, एक्सचेन्जमा ३० हजार रुपैयाँ थप मूल्याङ्कनको समेत सुविधा रहेको कम्पनीले जनाएको छ । साथै, फ्रि गिफ्ट, हेल्मेट, एक वर्षका लागि सीएफमोटोको पार्टस खरिदमा १० प्रतिशत छुट समेत दिएको छ ।
प्रतिक्रिया