माछापुच्छ्रे बैंकको साढे १० लाख कित्ता सेयर बिक्रीमा
मेरोन्यूज
२०८१ पुष १७ गते १५:२३

काठमाडौं । माछापुच्छ्रे बैंकको साढे १० लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको १० लाख ५६ हजार ९१७ कित्ता सेयर बिक्रीमा ल्याइएको हो।
उक्त सेयरमा हाललाई विद्यमान संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन दिन सक्नेछन्। यसअघि बैंकले उक्त शेयर संस्थापक शेयरधनीहरुका लागि मात्रै बिक्री खुला गरेको थियो। तर, संस्थापक शेयरधनीहरुबाट खरिद निवेदन नपरेपछि अहिले अन्य व्यक्ति तथा संस्थाका लागि सेयर बिक्री खुला गरिएको हो।
सेयर खरिदका लागि इच्छुक लगानीकर्ताले ७ दिनभित्र निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको सुन्धारास्थित बाघर दरबार जेडीए कम्प्लेक्समा रहेको माछापुच्छ्रे क्यापिटलमा पेस गर्न सकिने बैँकले जनाएको छ।
सम्बन्धित















भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन
राष्ट्रिय सुरक्षा तालिम सुरु
सेयर बजारमा ४ अंककाे वृद्धि, काराेबार रकम १४ अर्बमाथि
यी हुन् श्रम संस्कृति पार्टीले छानेका ४ समानुपातिक सांसद
हुरीका कारण झापामा केराखेतीमा क्षति
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रतिक्रिया