सोमबार, वैशाख १५, २०८२

गौशालामा मृत भेटिएकी युवतीको हत्या भएको आशंका, सँगै बसेका युवक फरार

मेरोन्यूज २०८१ पुष १८ गते १३:१७

काठमाडौं । काठमाडौंको पिंगलास्थानस्थित एउटा होटेलमा युवती मृत भेटिएकी छन् । बौद्धमा बस्दै आएकी सुस्मिता खड्का मृत भेटिएकी हुन् ।

प्रहरीका अनुसार, २२ वर्षीया खड्का बुधबार (हिजो) साँझ पिंगलास्थानस्थित वाग्मती होटेलको ३०८ नम्बर कोठामा मृत फेला परेकी हुन् । बाहिरबाट कोठा बन्द गरिएको अवस्थामा उनको शव फेला परेको हो ।

सुस्मितासँग कोठामा उनका केटा साथी समेत बसेको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ । मृत्युपछि भने ती युवक चाबी लगाएर भागेको देखिएको प्रहरीले जनाएको छ ।

सुस्मिता जापान जाने तयारीमा थिइन् । उनी केही दिनअघि मात्र जापानबाट नै नेपाल फर्किएका युवकसँग कोठामा बस्न पुगेको खुलेको छ ।

फरार युवकको जापान फर्कने मिति बिहीबार (आज) देखिएको छ । प्रहरीले उनको खोजी थालेको छ ।

प्रतिक्रिया