सेयर बजारमा ४.६३ अंककाे वृद्धि, ४ अर्ब ६० करोडको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार २५ सय ८६ अंकमा कायम भएको छ ।
अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४.६३ अंक बढेको हो । बजारमा सामान्य अंकको वृद्धि हुँदा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन तीन अर्ब ५९ करोडको कारोबार भएकोमा आज चार अर्ब ६० करोडको भयो । १५६ कम्पनीको मूल्य बढ्दा ७७ को घट्यो भने ११ को स्थिर रह्यो ।
यस दिन विकास बैंकमा आकर्षण देखिएको छ । सो समूह सबैभन्दा धेरै २.४० प्रतिशत बढ्यो । फाइनान्स ०.४१, होटल तथा पर्यटन ०.६९, हाइड्रोपावर १.८७, जीवन बीमा ०.३७, उत्पादन ०.८०, निर्जीवन बीमा ०.७७ प्रतिशत बढे । व्यापार २.०३, अन्य १.८४, माइक्रोफाइनान्स ०.२१, लगानी ०.३३ तथा बैंकिङ ०.१५ प्रतिशत घटे ।
न्यादी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । सामुदायिक लघुवित्तको ९.९, सप्तकोशी विकास बैंकको ९.९, सिन्धु विकास बैंकको ९.७९ तथा सुपरमादी हाइड्रोपावरको ९.६, ग्रीन डेभलपमेन्ट बैंकको ९.२, कर्पोरेट डेभलपमेन्ट बैंकके ९, रिभरफल्स पावरको ८.८, आत्मनिर्भर लघुवित्तको ७.८ तथा त्रिशुली जलविद्युतको ६.६ प्रतिशत मूल्य बढ्यो ।
सपोर्ट माइक्रोफाइनान्सको ५.०२, जानाकी फाइनान्सको ३.६, नेपाल टेलिकमको ३.२ तथा पोखरा फाइनान्सको मूल्य ३.१ प्रतिशत घट्यो ।
कारोबार रकमका आधारमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स संस्थापक, न्यादी हाइड्रोपावर, हिमालयन डिस्टिलरी, कर्पोरेट डेभलपमेन्ट बैंक र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहे ।















हुरीका कारण झापामा केराखेतीमा क्षति
छोरीसँगै किमजोङ द्वारा रकेट प्रहार अभ्यास अवलोकन
लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
सूर्यविनायकमा ‘स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना’ सुरु
पितृशोकमा रहेका ओलीलाई भेट्न गुण्डु पुगिन् प्रधानमन्त्री कार्की
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रतिक्रिया