सोमबार, चैत २, २०८२

सुदूरपश्चिमका बिरामीलाई निःशुल्क रगतको सुविधा

मेरोन्यूज २०८१ पुष २१ गते २१:४०

सुदूरपश्चिम प्रदेश सरकारले सबै सरकारी अस्पतालमा उपचार गर्ने बिरामीलाई रगत निःशुल्क उपलब्ध गराउन थालेको छ।

Advertisement
nepal life insurencenepal life insurence

मुख्यमन्त्री कमलबहादुर शाह र सामाजिक विकासमन्त्री मेघराज खड्काले संयुक्त रुपमा आइतबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक बिरामीलाई निःशुल्क रगत उपलब्ध गराई उक्त सेवाको शुभारम्भ गरे।

सो अवसरमा मुख्यमन्त्री शाहले प्रदेश सरकारले लिएको नीति तथा कार्यक्रमबमोजिम निःशुल्क रगत उपलब्ध गराउने काम सुरु गरिएको जानकारी दिए।

सुदूरपश्चिम प्रदेशका सबै नौ जिल्लाका नौ सरकारी अस्पतालमा उपचारका लागि आउने बिरामीलाई रगतको खाँचो भए निःशुल्क रुपमा उपलब्ध गराउने गरी काम अघि बढेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता गणेशबहादुर सिंहले बताए।

उनले भने, “अस्पतालमा निःशुल्क रगत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता गरिएको छ, रेडक्रसले लिने रगतको शुल्क प्रदेश सरकारले व्यहोर्ने गरी अस्पतालका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराइनेछ।”

प्रतिक्रिया