५ लाखको जुत्ता लगाउँछन् कमेडियन कृष्णा

काठमाडौं। केही समयअघि अभिनेता गोविन्दा र कमेडियन कृष्णा अभिषेक नेटफ्लिक्सको द ग्रेट इन्डियन कपिल शोमा सँगै देखा परेका थिए । यस क्रममा दुवैले डान्स पनि गरेका थिए ।
यसैबीच अर्चना पूरन सिंहले यो एपिसोडको भिडियो क्लिप सेयर गरेकी छिन्। भिडियोमा कृष्णाले मामा गोविन्दासँग स्क्रिन सेयर गरेकोमा खुशी व्यक्त गर्दै आफ्नो ७ वर्षको वनवास सकिएको बताएका छन् ।
कृष्णाले आफूले ५ लाख मूल्यको जुत्ता लगाएको पनि खुलासा गरेका छन् ।
अर्चनाले सेयर गरेको भिडियोमा कृष्णले भनेका छन्-‘यस्तो मिलाप भयो, मज्जा आयो। यो राम्रो पलमा एक थियो। हामी साथ थियौं। आज पनि उनले एक्टको बीचमा मेरो क्लास लिनुभयो। उहाँले मलाई धेरै कुरा गर्ने मौका दिनु भएन। तर म भन्न चाहन्छु कि मैले उहाँको धेरै कुरा चोरेको छु। उहाँलाई यस बारेमा थाहै छैन। मसँग उहाँको कपडाको एक कलेक्सन छ। जुन उहाँले आफ्नो गीतमा लगाउनु भएको थियो,’
मामा गोविन्दाले कहिलेकाहीँ आफ्नो लुगा दिने तर नदिएपछि आफुले चोर्ने गरेको कृष्णले बताए ।















खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
सिकलसेल एनिमिया पहिचान गर्न निःशुल्क रगत परिक्षण
एसइई परीक्षा: सङ्खुवासभामा उत्तरपुस्तिका परीक्षण सुरु
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
प्रतिक्रिया