चिनियाँ भेरोसेल खोपको पहिलो मात्रा आजबाट सुरु, यी स्थानमा लिन सकिन्छ

काठमाडौं । चिनियाँ सिनोफार्म कम्पनीले उत्पादन गरेको भेरोसेल खोपको पहिलो मात्रा लगाउनका आज (आइतबार) बाट तीन खोप केन्द्र तय गरिएको छ। स्वास्थ्य सेवा विभागको खोप महाशाखाले आज निजामति अस्पताल मिनभवन (सिभिल), सशस्त्र प्रहरी अस्पताल बलम्बु र राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तिपुरमा मात्र चिनियाँ खोप लगाइने जनाएको छ ।
१८ वर्षदेखि ५९ वर्षका नेपाली नागरिकहरु उक्त खोप लिन सक्ने उनले जानकारी दिए । उनका अनुसार यो खोप पहिलो मात्रा लिएको २८ दिनमा दोस्रो मात्रा लिनुपर्ने हुन्छ । भोलि देखि सोमबार बाट भने परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल थापाथली, नेपाल मेडिकल कलेज अत्तरखेल, काठमाडौं मेडिकल कलेज सिनामंगल, र हिमाल अस्पताल ज्ञानेश्वरमा खोप लगाउन सकिने बताइएको छ।
त्यसैगरी, वीर अस्पताल महाबौद्ध, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु र त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाउन सकिने उनले जानकारी दिए ।

















खातामा स्थायी लेखा नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह
हुन्डाई नेपालद्वारा नयाँ वर्षलक्षित ‘हुन्डाईसँग शुभ यात्रा-२०८३’ अफर सुरु
एक महिनामा भित्रिए एक लाख २० हजार पर्यटक
सर्वसाधारणलाई मन्त्रालयमै बोलाएर गुनासो सुन्दै गृहमन्त्री
ऊर्जा मन्त्रालयमा सुशासन एकाइ गठन
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
प्रतिक्रिया