‘स्किल फेस्ट २०२५’ इम्बार्क कलेजमा हुने, सीप, खेल, खानाको परिकार प्रदर्शनीदेखि मनोरञ्जनसम्म

काठमाडौँ । ग्लोकल आफ्टर स्कूल, ग्लोकल प्रा. लि. अन्तर्गतको संस्था, युवाहरूलाई २१औं शताब्दीका अत्यावश्यक सीप प्रदान गर्न समर्पित स्किल वीकको छैठौँ संस्करण सुरु भएको छ ।
जनवरी ६ देखि जनवरी १३, २०२५ सम्म सञ्चालन हुने यो सप्ताहव्यापी कार्यक्रमले शैक्षिक क्षेत्र र उद्योगबीचको दुरी घटाउँदै विभिन्न कार्यशाला, प्रतियोगिता, र नेटवर्किङका अवसरमार्फत रोजगार क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ ।
कार्यशालादेखि जनवरी १२ मा उद्योग–शैक्षिक अन्तर्क्रियाको बैठकसम्म, स्किल वीक २०२५ मा विविध कार्यक्रमहरू समावेश छन् । पहिलेका संस्करणहरूको सफलतामा आधारित, स्किल वीक २०२५ ले विज्ञान र प्रविधि, कला र संस्कृति, पर्यटन र आतिथ्य सेवा, र उद्यमशीलता नामक चार प्रमुख स्तम्भमा केन्द्रित छ । जनवरी १०, २०२५ मा अत्यन्त प्रतीक्षित एवम उत्साहजनक स्किल फेस्ट कार्यक्रम इम्बार्क कलेज, पुल्चोक, ललितपुरमा आयोजना हुने भएको छ ।
‘स्किल फेस्ट – सीपको महोत्सव’ कार्यक्रम सीप सिकाइको निःशुल्क प्लेटफर्म युवाहरूका लागि सिप परीक्षण र अन्वेषण गर्ने अवधारणालाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित भइरहेको छ । यो कार्यक्रम युवाहरूका लागि खुला प्लेटफर्म हो, जहाँ उनीहरूले विभिन्न सीप, तिनको महत्त्व र बजारको सम्भावनाका बारेमा जान्न र सिक्न सक्छन् । स्किल फेस्ट मा आकर्षक कार्यशाला, सीप प्रदर्शनी, प्रतियोगिता, रोचक खेलहरू, केस स्टडी प्रस्तुतिहरू, स्वादिष्ट खानाका परिकार, सङ्गीत र सीपमा आधारित मनोरञ्जन कार्यक्रम तथा रोजगारी मेला हुनेछ ।
जनवरी १३, २०२५ मा बहुप्रतिक्षित सीईओ अनप्लग्ड फोरम सन्चालन हुनेछ । यो फोरमले उद्यमी, व्यापार नेतृत्वकर्ता र विद्यार्थीहरूलाई वर्तमान व्यापार चुनौतीहरू र भविष्यका सम्भावनाहरूका बारेमा छलफल गर्न एकै स्थानमा ल्याउनेछ । कार्यक्रमको समापन समारोहमा स्किल हिरो अवार्डस् प्रदान गरिनेछ, जसले कला र संस्कृति, पर्यटन र आतिथ्य सेवा, विज्ञान र प्रविधि र उद्यमशीलता क्षेत्रमा असाधारण योगदान दिने व्यक्तिहरूलाई सम्मान गर्नेछ ।
स्किल वीक २०२५ का लागि हामी उत्साहित छौँ, जसलाई इम्पावरर्ड बाइ पार्टनर को रुपमा इम्बार्क कलेज ले समर्थन गरेको छ । कार्यक्रमलाई सभ्य र भव्य बनाउनका लागि यो कार्यक्रम विभिन्न संघसंस्थाको साझेदारीमा हुन गहिरहेको छ ।
सीएनआई र नेपाल चेम्बर अफ कमर्सस नेपाल पर्यटन बोर्ड, यस कार्यक्रमका युरोपियन युनियन, भारतीय दूतावास, र अस्ट्रेलियन दूतावास रणनीतिक साझेदार हुन् । होंडा, कोका–कोला, WWF Nepal, CG मोटर्स कार्यक्रमका साझेदार, यूएनडीपी र यूके स्किल्स पार्टनरशिप प्राविधिक सहयोगी, द सोल्टी काठमाडौं होटल पार्टनर, वल्र्डलिंक इन्टरनेट पार्टनर, कान्तिपुर र द काठमाडौँ पोस्ट मिडिया पार्टनर, यति एयरलाइन्स एयरलाइन्स पार्टनर, र NNQ आउटरिच पार्टनर रहेका छन् ।









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
प्रतिक्रिया