गोविन्दासँग बिहे गर्न चाहन्थिन् रविना टण्डन

काठमाडौं । अभिनेता गोविन्दाकी पत्नी सुनिता आहुजाले रविना टण्डन र शिल्पा शेट्टीसँग राम्रो सम्बन्ध रहेको बताएकी छन् ।
रविनाले आफुले पहिला गोविन्दालाई भेटेको भए उनीसँग विवाह गर्ने बताएको पनि सुनिताले खुलासा गरेकी छिन् ।
हिन्दी रशलाई दिएको एक अन्तर्वार्तामा सुनिताले गोविन्दासँग सेटमा जाँदा शिल्पा, रविना र मनिषा कोइरालाजस्ता अभिनेत्रीहरूसँग धेरै रमाइलो गर्ने गरेको बताइन् । उनले भनिन्– ‘सुटिङपछि हामी सबैले सँगै खाना खान्थ्यौँ । गोविन्दाको सह–कलाकारसँग राम्रो सम्बन्ध थियो । रविना अझै भन्छिन् कि ‘गोविन्दा तिमीले मलाई पहिले भेटेको भए म तिमीसँग बिहे गर्ने थिएँ ।’ मैले उनलाई भनेँ- ‘लैजाउ, त्यसपछि थाहा हुनेछ।’
९० को दशकमा गोविन्दा र रविनाको जोडी बलिउडको हिट जोडी मध्ये एक थियो । उनीहरुले परदेशी बाबु, आन्टी नम्बर १, बडे मियाँ छोटे मियाँ र आखियों से गोली मारे जस्ता चलचित्रमा सँगै काम गरेका छन् ।
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया