बिहीबार, चैत ५, २०८२

‘युवा लक्षित क्षमता अभिवृद्धिका कार्यक्रम नहुँदा विदेशिनेको संख्या बढ्यो’

मेरोन्यूज २०८१ पुष २३ गते २१:५१

काठमाडौं । नेपाल सरकारका पूर्वसचिव खेमराज नेपालले मुलुकभित्रै बस्ने वातावरण नहुँदा लाखौं युवाहरु बाहिरिनु परेको बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

मंगलबार काठमाडौंमा क्षमता अभिवृद्धि सम्बन्धमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले क्षमता विकासको विषय एकदमै पेचिलो भएको भन्दै क्षमता विकासको काम नहुँदा हजार व्यक्तिहरु विदेश गइरहेको बताए ।

उनले भने, ‘विगत २० वर्ष देखिको तथ्यांक हेर्ने हो भने केही न केही हजार व्यक्तिहरु विदेश जाने गरेको देखिन्छ । मुलुकभित्रै बस्नको लागि उनीहरुलाई केही सिकाएको भए वास्तवमा उहाँहरुले मुलुक बनाउने काम पनि गर्नु हुन्थ्योहोला । त्यसकारण क्षमता विकासको जुन विषय छ यो एकदमै पेचिलो छ ।’

यसको साथै उनले सरकारी अभिलेखहरु सामान्य नेपालीहरुले नबुझ्ने खालको हुने भन्दै सामान्य भाषामा हुने हो भने सबैको फइदा लिन सक्ने बताए ।

उनले भने, ‘सरकारले मानव विकासमा धेरै खर्च नगरेको कारण दुःख पाएर जाने र कम पैसा मुलुकमा ल्याउनुपर्ने अवस्था छ । सरकारले नीति त बनाएको छ तर यसरी बनाएको छ कि तपाइँ हामीले बोल्ने भाषामा बनाएको छैन् ।

जुन भाषामा बनाएको छ त्यो भाषा तलको मान्छे बुझ्ने खालको छैन् । सरकारी अभिलेखहरु सामान्य नेपालीहरुले नबुझ्ने खालको हुन्छ । सबैले बुझ्न सक्ने भएको भएर सबैको फाइदा लिन सक्ने अवस्था हुन्थ्यो होला ।’

प्रतिक्रिया