अत्यधिक चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
मेरोन्यूज
२०८१ पुष २५ गते ७:०५

कञ्चनपुर। एक सातादेखि निरन्तररुपमा शीतलहर चलेपछि कञ्चनपुरका स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । शीतलहरका कारण अत्यधिक चिसो बढेपछि शुक्लाफाँटा नगरपालिका, पुनर्वास नगरपालिका र कृष्णपुर नगरपालिकाले विद्यालयमा बिदा दिएका हुन् ।
चिसोले विद्यालयको पठनपाठन प्रभावित हुनुका साथै विद्यार्थीको स्वास्थ्य अवस्थामा प्रतिकूल असर पर्न थालेपछि विद्यालयमा बिदा दिइएको शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले बताए।
उनका अनुसार नगर क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयमा यही पुस २५ गतेदेखि पुस २८ गतेसम्मका लागि बिदा दिइएको छ । कृष्णपुर नगरपालिकाले जाडो बिदाबाट मिलान हुने गरी विद्यालयमा पुस २३ गतेदेखि २८ गतेसम्म बिदा दिएको जनाएको छ ।
सम्बन्धित













आज नेप्से १३.३५ अंकले घट्यो
आजका लागि कृषिउपज थाेक मूल्य
एक लाख ३३ हजार ९८० निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
११५ दिनमा कुलमानले गरे १०७ काम (सूचीसहित)
56 days to HoR elections: Complaints can be filed against NA candidates
टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
समानुपातिक उम्मेदवारी फिर्ता लिने अरनिको पाँडेको घोषणा
एमालेले बाेलायाे सचिवालय बैठक
केपी ओलीको स्थानहद फुकुवा
प्रतिक्रिया