काठमाडौं अदालतमा कहिले हाजिर हुन्छन् रवि ?
मेरोन्यूज
२०८१ पुष २६ गते १२:४५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने शुक्रबार (आज) काठमाडौं जिल्ला अदालतमा हाजिर नहुने भएका छन् ।
लामिछानेलाई कास्की जिल्ला अदालतले बिहीबार धरौटीमा छाड्ने आदेश गरेको थियो । अदालतका न्यायाधीश नीतिज कुमार राईले मागेको ६५ लाख धरौटी बुझाएर उनी बिहीबारनै रिहा भएका थिए ।
लामिछाने विरुद्ध काठमाडौं जिल्ला अदालतमा स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको आरोपमा पनि मुद्दा दर्ता भएको छ । सोही कारण उनी शुक्रबार अदालत हाजिर हुने तयारी थियो ।
तर बिहीबार साँझ रिहा भएका लामिछाने अहिलेसम्म काठमाडौं फर्केका छैनन् । उनी आज दिउँसो काठमाडौं आइपुग्ने बुझिएको छ ।
लामिछाने अब आइतबार मात्र काठमाडौं अदालतमा हाजिर हुने उनी निकट स्रोतले जनाएको छ ।
सम्बन्धित
















आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
ओमनले नेपाललाई दियो २८१ रनको लक्ष्य
प्रतिक्रिया