धोनी र एक्स्ट्रा डिटर्जेन्ट पाउडर किन्दा सुन र चाँदीका सिक्का जित्ने अवसर, यसरी लिन सकिन्छ लाभ

काठमाडौं । हिमगिरि हाइजिन प्रालिले ग्राहकहरूलाई लक्षित गर्दै ‘लुगा चमचम, गोजी छमछम, सुन र चाँदी धमाधम’ स्किम ल्याएको छ ।
कम्पनीले बिक्री गर्दै आएको धोनी र एक्स्ट्रा डिटर्जेन्ट पाउडर खरिद गर्दा सुन र चाँदीका सिक्का जित्नुका साथै हात खाली नजाने योजना समावेश गरी स्किम ल्याएको हो । कम्पनीले उक्त स्किम सार्वजनिक गरी स्किम चलिरहेको डिटर्जेन्ट पाउडरहरू बजारमा उपलब्ध भइसकेको बताएको छ ।
हिमगिरि हाइजिन मार्केटिङ हेड भुवनेश प्रताप मल्लले यो स्किम १०० रुपैयाँभन्दा माथिका डिटर्जेन्ट पाउडरहरूमा मात्र लागू रहेको जानकारी दिए । उक्त पाउडरको खरिदमा स्किमभित्रै अन्य थुप्रै उपहारको व्यवस्था गरिएको छ । जसले डिटर्जेन्ट पाउडरका खरिदकर्तालाई नयाँ अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।
‘स्किम लागू भएका डिटर्जेन्ट पाउडर बजारमा आइसकेका छन्, उक्त पाउडर खरिद गरी पाउडरभित्रै कुपन राखिएको छ । सो कुपनमा सिक्का परेको खण्डमा कम्पनीमा सम्पर्क गर्नुपर्ने हुन्छ,’ उनले भने ।
यो स्किम १०० रुपैयाँभन्दा माथिका डिटर्जेन्ट पाउडरहरूमा मात्र लागू रहेको छ ।
यदि सुन र चाँदी सिक्का परेको खण्डमा कम्पनीको सम्पर्क नम्बर ९७०५६००००० कल गर्न सकिने छ । कम्पनीले स्किम लागू भएका प्रत्येक प्याकेजमा स्किम कार्ड राखेकाे हुन्छ । सो कार्डमा कुनै न कुनै उपहार समावेश भएको मल्लले बताए । उनका अनुसार डिटर्जेन्ट पाउडर किनेर सुनका साथै चाँदीका सिक्का जित्न र हात खाली नजाने गरी उपहारको व्यवस्था मिलाइएकाे यो कम्पनीको नयाँ योजना हो ।









काँग्रेसद्वारा प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस
सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा
एमाले महाधिवेशनः उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
प्रतिक्रिया