धोनी र एक्स्ट्रा डिटर्जेन्ट पाउडर किन्दा सुन र चाँदीका सिक्का जित्ने अवसर, यसरी लिन सकिन्छ लाभ

काठमाडौं । हिमगिरि हाइजिन प्रालिले ग्राहकहरूलाई लक्षित गर्दै ‘लुगा चमचम, गोजी छमछम, सुन र चाँदी धमाधम’ स्किम ल्याएको छ ।
कम्पनीले बिक्री गर्दै आएको धोनी र एक्स्ट्रा डिटर्जेन्ट पाउडर खरिद गर्दा सुन र चाँदीका सिक्का जित्नुका साथै हात खाली नजाने योजना समावेश गरी स्किम ल्याएको हो । कम्पनीले उक्त स्किम सार्वजनिक गरी स्किम चलिरहेको डिटर्जेन्ट पाउडरहरू बजारमा उपलब्ध भइसकेको बताएको छ ।
हिमगिरि हाइजिन मार्केटिङ हेड भुवनेश प्रताप मल्लले यो स्किम १०० रुपैयाँभन्दा माथिका डिटर्जेन्ट पाउडरहरूमा मात्र लागू रहेको जानकारी दिए । उक्त पाउडरको खरिदमा स्किमभित्रै अन्य थुप्रै उपहारको व्यवस्था गरिएको छ । जसले डिटर्जेन्ट पाउडरका खरिदकर्तालाई नयाँ अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।
‘स्किम लागू भएका डिटर्जेन्ट पाउडर बजारमा आइसकेका छन्, उक्त पाउडर खरिद गरी पाउडरभित्रै कुपन राखिएको छ । सो कुपनमा सिक्का परेको खण्डमा कम्पनीमा सम्पर्क गर्नुपर्ने हुन्छ,’ उनले भने ।
यो स्किम १०० रुपैयाँभन्दा माथिका डिटर्जेन्ट पाउडरहरूमा मात्र लागू रहेको छ ।
यदि सुन र चाँदी सिक्का परेको खण्डमा कम्पनीको सम्पर्क नम्बर ९७०५६००००० कल गर्न सकिने छ । कम्पनीले स्किम लागू भएका प्रत्येक प्याकेजमा स्किम कार्ड राखेकाे हुन्छ । सो कार्डमा कुनै न कुनै उपहार समावेश भएको मल्लले बताए । उनका अनुसार डिटर्जेन्ट पाउडर किनेर सुनका साथै चाँदीका सिक्का जित्न र हात खाली नजाने गरी उपहारको व्यवस्था मिलाइएकाे यो कम्पनीको नयाँ योजना हो ।















छोरीसँगै किमजोङ द्वारा रकेट प्रहार अभ्यास अवलोकन
लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
सूर्यविनायकमा ‘स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना’ सुरु
पितृशोकमा रहेका ओलीलाई भेट्न गुण्डु पुगिन् प्रधानमन्त्री कार्की
मध्यपूर्व टकरावले तेल आपूर्ति सङ्कट र अन्तर्राष्ट्रिय तनाव बढाउँदै
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रतिक्रिया