आईसीसीसी क्यानडा समिटमा ३०० बढी विद्यार्थी सहभागी

काठमाडौं। ‘क्यानडा समिट २०२५’ सम्पन्न भएको छ। बिहीबार संस्थाको पुतलीसडक कार्यालयमा आयोजित कार्यक्रम तीन सय बढी विद्यार्थीको क्यानडा अध्ययन सम्बन्धी जिज्ञासा मेटाउँदै समिट सकिएको हो।
आईसीसीसीका एमडी राम खड्काका अनुसार समिटले क्यानडा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीका लागि महत्त्वपूर्ण ज्ञान र अवसर प्रदान गरेको छ। समिटमा क्यानडाका प्रसिद्ध शैक्षिक संस्था सेन्टेनियल कलेज, लेकहेड युनिभर्सिटी, एसएआईटी, दरहम कलेज, सेनेका पोलिटेक्निक र जर्जियन कलेजका प्रतिनिधिसँग अन्तरक्रियाको अवसर सहभागीले पाएका थिए।
उनीहरूले क्यानडाको भिसा प्रक्रियाबारे जानकारी प्राप्त गर्नुका साथै विशेषज्ञसँग आफ्ना शैक्षिक योजनामा मार्गदर्शन लिएका थिए। कार्यक्रममा सहभागी विद्यार्थीले समिटले आफूहरूलाई क्यानडा अध्ययन सम्बन्धी महत्त्वपूर्ण जानकारी उपलब्ध गराएको भन्दै खुसी व्यक्त गरेका छन्।
‘धेरै परामर्शदाताले विदेश जानका लागि मात्रै प्रेरित गर्ने गरेका छन्। तर, आईसीसीसीले भने क्यानडाको वास्तविक अवस्था जानकारी गराई तयारी गराएको छ,’ उनीहरूले भने। क्यानडामा अध्ययन गर्नका लागि आईसीसीसी उत्कृष्ट छनोट रहेको उनीहरूको साझा धारणा छ।
कार्यक्रममा सहभागी कलेजका प्रतिनिधिले पनि आफूहरूले अपेक्षा गरेभन्दा धेरै उत्साहित सहभागी भेटेकोमा खुसी व्यक्त गरे। कार्यक्रममा उपस्थित विद्यार्थीले आफ्नो अध्ययन र करियरका लागि सधैँ चासो राख्ने विषयमाथि गहन प्रश्न सोधेका थिए।
यस्तो कार्यक्रमले सही दिशा प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने समिटमा उपस्थित विद्यार्थीले बताए । आईसीसीसीले भविष्यमा यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउन निरन्तर काम गर्ने प्रतिवद्धता व्यक्त गरेको छ। कलेजका प्रतिनिधिले पनि आईसीसीसी सँगको सहकार्यलाई अझ सुदृढ बनाउँदै अगाडि बढ्ने बताए।









मुख्य न्यायाधिवक्ता महतो पदमुक्त
क्षतिग्रस्त सिंहदरबार अवलाेकन गर्दै पूर्वराष्ट्रपति भण्डारीले भनिन्- चाँडै पुनःनिर्माण हुनेमा विश्वास छ
जनकपुरलाई कर्णालीले दियो १३० रनको लक्ष्य
निर्धारित समयमा निर्वाचन हुन्छः अर्थमन्त्री खनाल
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
प्रतिक्रिया