सरकारले सूचना लुकाएको छैन : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश सरकारले सूचना लुकाउनुपर्ने गरी कुनै पनि काम नगरेको बताएका छन् ।
आज सुर्खेतमा आन्तरिक मामिला तथा कानून मन्त्रालयले आयोजना गरेको प्रदेश मन्त्रालय र स्थानीय तहका प्रवक्ता तथा सूचना अधिकारीहरूबीचको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले सरकारले गरेका काम जति धेरै जनताको माझ पु¥याउन सक्यो, त्यति नै गलत प्रवृत्तिको अन्य हुने बताएका हुन् ।
प्रदेश सरकार सुशासन र पारदर्शिता कायम गर्न र भ्रष्टाचारको अन्त्य गरी समाजमा देखिएका विकृति र विसङ्गति अन्त्य गर्ने काममा लागेको हुनाले सरकारले लुकाउनुपर्ने कुनै सूचना नभएको मुख्यमन्त्री कँडेलको भनाइ थियो ।
सरकारले गरेका राम्रा कामको सही रुपमा प्रचार नहुँदा जनताले केही नगरेको जस्तो बुझ्ने गरेको मुख्यमन्त्री कडेलले उल्लेख गरे ।
उनले भने, ‘जनतालाई सूचना दिने कुराबाट प्रशासनिक संयन्त्र भाग्ने अवस्थाको अन्त हुनुपर्छ । सही सूचना दिदा कहाँ कस्ले के कमजोरी गरेको छ भनेर जनताले थाहा पाउने हुँदा कमजोरी गर्नेले समयमा सच्चिने अवस्था आउने छ ।’
कार्यक्रमा सहभागीहरुले प्रदेश सरकार र स्थानीय तहका प्रवक्ता तथा सूचना अधिकारीहरूलाई सत्य सूचना नागरिकलाई दिन समेत मुख्यमन्त्री कँडेलले निर्देशन दिए ।
















रास्वपाको खाता खुल्यो, काठमाडौं–१मा रञ्जु दर्शना विजयी
धादिङ-१ मा रास्वपाकी आशिका तामाङको अग्रता
जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीको अग्रता
नेकपा छाेडेर रास्वपा प्रवेश गरेका अन्सारीको बारा–४ मा अग्रता
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
प्रतिक्रिया