महाकुम्भ स्नान गर्न आएकी एप्पलकी मालिक्नी गंगा किनारमा भइन बिरामी

प्रयागराज । आज महाकुम्भ स्नानको दोस्रो दिन । मकर संक्रान्ति भएकाले आजको दिनलाई महास्नान भनिन्छ, यो दिनको बिशेष महत्व रहेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार कल्पवास बिताउन विदेशबाट आएकी एप्पलका सह–संस्थापक स्टिभ जब्सकी पत्नी लरेन पावेल जब्सको स्वास्थ्य अचानक बिग्रिएको छ । यस्तो अवस्थामा उनी संगममा डुब्ने कि नडुब्ने भन्नेमा पछिल्ला केही घण्टादेखि गोप्य राखिएको छ ।
निरञ्जनी अखाडाका प्रमुख स्वामी कैलाशानन्द गिरी महाराजले लरेनले संगममा स्नान गर्ने बताए । अस्वस्थ भए पनि उनी संगममा स्नान गर्नेछिन् । गिरी महाराजका अनुसार उनी अहिले आफ्नो शिविरमा आराम गरिरहेको बताए । ‘उनलाई एक किसिमको एलर्जी छ । यस्तो भीडभाड भएको ठाउँमा उनी यसअघि कहिल्यै गएकी थिइनन्, उनी निकै सरल स्वभावकी छिन्, रातको पुजामा उनी पनि हामीसँगै थिइन्, अब स्वास्थ्य बिस्तारै ठिक हुदैँछ ।’
लरेनलाई हातमा एलर्जी भएको गिरी महाराजले बताए । त्यसैले उनले शाही स्नानमा भाग लिन्छिन कि लिदिनन भन्ने प्रश्नमा अब उनी एक्लै स्नान गर्न जाने भएकी छिन् । ‘उनको स्नान प्रबन्ध मिलाएर पवित्र संगममा डुब्न सकून् र त्यसपछिको पूजा, अभिषेक र हवनमा पनि उनी हामीसँगै हुनेछिन्,’ उनले भने ।
उनका अनुसार हिन्दू परम्परा अलौकिक छ किनभने ती मानिसहरू पनि यसमा सामेल हुन चाहन्छन्, जसले यो परम्परालाई कहिल्यै देखेका, बुझेका वा थाहा पाएका छैनन्।
स्टिभ जब्सकी पत्नी लौरेन पावेल जब्सको हिन्दू धर्ममा गहिरो आस्था रहेको बताइन्छ । उनी निरञ्जनी अखाडाकी हुन् । महाकुम्भमा जम्मा १३ वटा अखाडाले भाग लिएका छन्, जसलाई ३ समुहमा विभाजन गरिएको छ । सन्यासी अखाडा, बैरागी अखाडा र उदासीन अखाडा। जुना अखाडा र निरञ्जनी अखाडा लगायत ७ वटा अखाडा सन्यासी समूहका अङ्गको रूपमा रहेका छन ।
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
प्रतिक्रिया