आज माघ २ गते बुधबार, कस्तो छ तपाईंको राशिफल ?

काठमाडौं ।आज २०८१ साल माघ २ गते बुधबार तदनुसार सन् २०२५ जनवरी १५ तारिख। माघ कृष्ण पक्षको द्वितीया तिथि। विश्व भूकम्प दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ ।
मेष : दिन सामान्य रहेको छ। आफन्तको साथ सहयोग मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। घरपरिवारमा एकतर्फ कुरा सुनेर कुनै पनि निर्णय नलिनुहोला। सामाजिक सञ्जालमा बोल्दा शब्दमा विशेष ध्यान दिनुपर्ने हुन्छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।
वृष : आत्मविश्वासमा वृद्धि हुनेछ। कार्य समयमा सम्पादन हुनाले मन प्रसन्न रहनेछ। परिवारसँग मनोरञ्जनात्मक समय बित्नेछ। विद्यार्थीहरूलाई नयाँ मित्रको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।
मिथुन : घरायसी मामिलाहरू सुल्झाउनमा समय बित्नेछ। सन्तानको प्रगतिलाई लिएर चिन्ता रहनेछ। एउटा कार्य समाप्त गरेर मात्रै अर्को कार्य प्रारम्भ गर्नुहोला। कार्यक्षेत्रमा सहकर्मीहरूको सहयोग नमिल्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।
कर्कट :न्यायिक मामिलाहरूमा सफलता मिल्नेछ। सरकारी क्षेत्रमा आफ्नो कर्तव्यलाई निभाउने प्रयास गर्नुहोस्। कार्यक्षेत्रमा गरेको व्यवहारले प्रशंसा र सत्कार मिल्नेछ। नयाँ योजनाहरू सुरुवात गर्न सक्नुहुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।
सिंह : आजको दिन मनमा उत्साहको कमी रहनेछ। स्वास्थ्यले साथ नदेला। सवारी साधन चलाउँदा सावधान रहनुहोस्। व्यापार व्यवसायमा सामान्य लाभ रहनेछ। नसोधी कसैलाई सल्लाह नदिनुहोला । आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ९ रहेको छ।
कन्या :कार्यक्षेत्र होस् या घरपरिवार, परिस्थिति हजुरको अनुकूल रहनेछ। धार्मिक कार्यहरूमा गरेको योगदानलाई पुरस्कृत गर्न सकिनेछ। कार्यक्षेत्रमा प्रभाव बढ्नेछ। आयमा वृद्धि रहनेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ७ रहेको छ।
तुला : शिक्षाको क्षेत्रमा सम्मान मिल्नुका साथै पठनपाठनमा मन लाग्नेछ। आयस्रोत बढ्नुको साथै नयाँ कार्य हात लाग्नेछ। आफ्नो रचनाहरूले प्रतिभालाई जनाउन सक्नुहुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।
वृश्चिक : मेहनतको फल मिल्नेछ। पुरानो कार्यबाट लाभ कमाउने योग छ। नयाँ कार्यको थालनीमा विशिष्ट या जानकार व्यक्तिको सल्लाह लिनुहोला। दोधारमा कुनै निर्णय नलिनुहोला। आजको दिन भावनात्मक रुपमा चुनौतीपूर्ण रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।
धनु : अवस्था अनुसार आफूलाई प्रस्तुत गर्नुहोस्। सामाजिक वा सांस्कृतिक क्षेत्रमा प्रतिष्ठित पद मिल्नेछ। दायित्वको निर्वहनमा धेरै मेहनत गर्नुपर्ला। आफ्नो अनुकूलता बिचार गरेर कार्य गर्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।
मकर : मान सम्मान बढ्नेछ। जीवनसाथीको सहयोग मिल्नेछ। कार्यक्षेत्रमा परिवारको साथ मिल्नेछ। नोकरी वा पेशामा उच्च अधिकारीहरूको सहयोग मिल्नेछ। प्रतिस्पर्धीहरू पछि हट्नेछन्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।
कुम्भ :व्यापारमा सामान्य लाभ रहनेछ। अत्यधिक परिश्रम गर्दा पनि सोचेजस्तो सफलता नमिल्ला। पुरानो समस्याहरूले विवाद निम्त्याउनेछ। सकरात्मक सोचले अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
मीन : उद्योग व्यापारमा लाभ उठाउन सकिनेछ। कार्यक्षेत्रमा दोहोराएर कार्य गर्दा झन् राम्रो सफलता मिल्नेछ। छोटो समयमा कामको जग बसाउन सकिनेछ। श्रमको उचित मूल्य पाइनेछ। पायक स्थानमा भ्रमणका योग छन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।















पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न यातायात व्यवसायीकाे माग
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
भारतको एससीबी अस्पतालमा भएको आगलागीमा परी १० जनाको मृत्यु
सन नेपाल लाइफले गर्यो २०८३ सालको क्यालेन्डर लोकार्पण
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
प्रतिक्रिया