संसदका बिपक्षी दलले आज संयुक्त पत्रकार सम्मेलन गर्दै
मेरोन्यूज
२०८१ माघ ३ गते ६:३६

काठमाडौं । संघीय संसदका विपक्षी ६ दलहरूले आज पत्रकार पत्रकार सम्मेलन गर्दैछन ।
हिजो बसेको बिपक्षी दलको संयुक्त बैठकले संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गर्ने सहमति जुटाएसँगै आज पत्रकार सम्मेलनको आयोजना गर्न लागेका हुन ।
अध्यादेशबाट सरकार सञ्चालन गर्ने प्रवृत्ति देखिएको साझा निष्कर्ष निकाल्दै बिपक्षी ६ दलको बैठकले चाँडोभन्दा चाँडो नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्ने समझदारी गरेका थिए ।
आजको पत्रकार सम्मेलनको तयारीका लागि नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन र नेकपा एसका नेता बेदुराम भुषालको २ सदस्सीय कार्यदल बनाएको छ। बिपक्षीहरूको साझा धाराणा बनाउन ड्राफ्ट तयार गर्ने जिम्मेवारी उनीहरूलाई तोकेको थियो ।
आजको पत्रकार सम्मेलनमा बिपक्षी दलका शिर्ष नेताहरूले सम्बोधन गर्ने भनिएको छ। समय र स्थानबारेमा भने खुलाइएको छैन् ।
सम्बन्धित

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
प्रतिक्रिया