कांग्रेसकाे दावी – सल्लाह गरेरै अध्यादेश ल्याइएको हो

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसले सरकारले ल्याएका अध्यादेशहरू आफ्नो पार्टीसँगको सहमतिमै आएको दावी गरेका छन् ।
बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा मन्त्रीहरूसहितको छलफलपछि प्रमुख सचेतक श्याम घिमिरेले यसबारे प्रष्ट पारेका हुन् ।
‘अध्यादेशको विषयमा हामी स्पष्ट छौँ । सल्लाह गरेरै अध्यादेश ल्याइएको हो । अध्यादेश ल्याउन तत्कालै जरुरी थियो । आर्थिक सुधार र सुशासनको पक्षमा,’ घिमिरेले भने, ‘यदि तत्कालै अध्यादेश नल्याउने हुँदा सरकारले केही गर्न सकेन भन्ने सन्देश जनतामा प्रवाह हुने भयो । कानुनी राज्यमा कानुनको संशोधन नगरी यसलाई अघि बढाउन सकिने अवस्था थिएन ।’
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पाँच वटा अध्यादेश जारी गरिसकेका छन् । अध्यादेश र सरकारको पछिल्लो कामकारबाहीबारे काँग्रेसभित्रै केही नेताहरू असन्तुष्ट देखिएका छन् ।









पत्रकार दीपेन्द्र खनियाँ मृत फेला
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
सुरक्षा निकायलाई आवश्यक सवारी साधन खरिद गर्न गृहले थाल्यो अन्तिम प्रक्रिया
स्वास्थ्यका लागि चिया कफी कत्तिको लाभदायक ?
मकवानपुरमा थपिए १४ हजार ६०३ नयाँ मतदाता
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रसाईंलाई २४ घण्टाभित्र बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
प्रतिक्रिया