अदालतमा दुर्व्यवहार गर्नेविरुद्ध वरिष्ठ अधिवक्ता त्रिपाठीले दिए जाहेरी
मेरोन्यूज
२०८१ माघ ३ गते १७:२१

काठमाडौं । जिल्ला अदालत, काठमाडौं परिसरमा दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका व्यक्तिविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रहरी कहाँ किटानी जाहेरी दिएका छन् ।
त्रिपाठीले प्रहरीमा दिएको ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव सम्बन्धी कसुरको जाहेरी दर्ता भएको छ ।
कालिमाटीको स्वर्णलक्ष्मी सहकारी अनियमितता प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस सकेर निस्किँदा बुधबार त्रिपाठीमाथि दुर्व्यवहार भएको थियो ।
उनलाई दुर्व्यवहार गरेको आरोपमा ललित केसीलाई प्रहरीले पक्राउ गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया