मंगलबार, जेठ ६, २०८२

कानुन निर्माणमा तीव्रता दिन एकजुट हुने प्रमुख सचेतकहरूको निष्कर्ष

मेरोन्यूज २०८१ माघ ४ गते १४:५०

काठमाडौं। संसदका प्रमुख चार दलका प्रमुख सचेतकहरुले संसदलाई प्रभावकारी बढाउन सबै दलहरु एकठाउँमा उभिएर काम गर्ने निस्कर्ष निकालेका छन् ।

शुक्रबार सिंहदरबारमा भएको प्रमुख समेतकहरुको बैठकले यस्तो निस्कर्ष निकालेको हाे ।

बैठकमा सरकारले संसदलाई दिएको बिजनेस वा विधेयकहरु छिटो–छरितो ढंगबाट कानून निर्माणको तहमा पुर्‍याउन संसदीय दलहरुले भुमिका खेल्ने विषयमा छलफल भएको एमाले प्रमुख सचेत महेश बर्तौलाले बताए । सरकारले संसदमा ल्याएका विधेयकहरु संसदले पूर्णता नदिँदा वर्षौं होल्ड भएर बस्ने समस्यालाई हल गरेर जान प्रमुख चार दलहरुबीच सहमति भएको उनले बताए ।

बैठकमा नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार सहभागि थिए ।

प्रतिक्रिया