जाडो छल्न १२० विद्यार्थीलाई न्यानो कपडा वितरण

पथरी। मोरङको पथरी-शनिश्चरे वडा नम्बर १० मा रहेको जालपादेवी आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ।
कक्षा १ देखि ८ कक्षासम्मका १२० विद्यार्थीलाई शुक्रबार एक कार्यक्रमका बीच न्यानो कपडा वितरण गरिएको हो।
तराईमा हुस्सु/कुहिरोका कारण चिसो बढिरहेका बेला विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो।
देवराज थापा, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ मोरङका कार्यवाहक अध्यक्ष मदन पोखरेल, डाँस-मोरङ्गी सामुदायिक वनका अध्यक्ष हरि निरौला, अमेरिका निवासी प्रदीप कट्वाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम पाख्रिन, नरेन्द्र गुरुङ, खगेन्द्रबहादुर थापा, सन्तोष कठायत, नवीन श्रेष्ठ, हेमा भट्टराई, मीना कुमारी तामाङ, नरेन्द्र योञ्जन, उमेश कार्की र खगेन्द्र खड्काले करिब १ लाख ६२ हजार रुपैयाँ आर्थिक सहयोग गरी उक्त कपडा उपलब्ध गराएका थिए।
उक्त रकमले १२० थान ट्रयाक सुट र भेष्ट खरिद गरी विद्यार्थीलाई वितरण गरिएको थियो।
कपडा वितरण कार्यक्रममा पथरी-शनिश्चरे नगर प्रमुख मोहन तुम्वापो, वडाका जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।













सडक नभएको छेकम्पारमा गुड्छन् स्कुटर र ट्र्याक्टर
80,000 army personnel to be mobilized in upcoming HoR elections
असन्तुष्ट समूहलाई वार्तामा आउन ललितकला प्रज्ञा प्रतिष्ठानको आह्वान
टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
केपी ओलीको स्थानहद फुकुवा
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
प्रतिक्रिया