बिहीबार, चैत ५, २०८२

जाडो छल्न १२० विद्यार्थीलाई न्यानो कपडा वितरण

मेरोन्यूज २०८१ माघ ४ गते १८:३७

पथरी। मोरङको पथरी-शनिश्चरे वडा नम्बर १० मा रहेको जालपादेवी आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ।

Advertisement
nepal life insurencenepal life insurence

कक्षा १ देखि ८ कक्षासम्मका १२० विद्यार्थीलाई शुक्रबार एक कार्यक्रमका बीच न्यानो कपडा वितरण गरिएको हो।

तराईमा हुस्सु/कुहिरोका कारण चिसो बढिरहेका बेला विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो।

देवराज थापा, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ मोरङका कार्यवाहक अध्यक्ष मदन पोखरेल, डाँस-मोरङ्गी सामुदायिक वनका अध्यक्ष हरि निरौला, अमेरिका निवासी प्रदीप कट्वाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम पाख्रिन, नरेन्द्र गुरुङ, खगेन्द्रबहादुर थापा, सन्तोष कठायत, नवीन श्रेष्ठ, हेमा भट्टराई, मीना कुमारी तामाङ, नरेन्द्र योञ्जन, उमेश कार्की र खगेन्द्र खड्काले करिब १ लाख ६२ हजार रुपैयाँ आर्थिक सहयोग गरी उक्त कपडा उपलब्ध गराएका थिए।

उक्त रकमले १२० थान ट्रयाक सुट र भेष्ट खरिद गरी विद्यार्थीलाई वितरण गरिएको थियो।

कपडा वितरण कार्यक्रममा पथरी-शनिश्चरे नगर प्रमुख मोहन तुम्वापो, वडाका जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया