दुई कम्पनीको आईपीओ आउँदै

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई कम्पनीलाई साधारण सेयर बिक्रीका लागि अनुमति दिएको छ । साधारण सेयर निष्कासनको अनुमति प्रक्रिया लामो समयदेखि रोकिँदै आएकोमा नियामक निकायले पछिल्लोपटक दुई कम्पनीलाई अनुमति प्रदान गरेको हो ।
यसरी अनुमति पाउने कम्पनीहरूमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड र ओम मेगाश्री फर्मास्युटिकल्स छन् । दुवै कम्पनीलाई बोर्डले साधारण सेयर बिक्रीको अनुमति दिएको हो ।
बोर्डले क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सलाई २२ करोड ५० लाख रुपैयाँ मूल्यबराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर बिक्री लागि अनुमति दिएको हो । यही माघ ३ गतेबाट यस्तो अनुमति पाएको सो कम्पनीले सेयर बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटललाई राखेको छ ।
बोर्डले ओम मेगाश्रीलाई १८ करोड बराबरको १८ लाख कित्ता साधारण सेयर बिक्रीका लागि अनुमति दिएको छ । सो कम्पनीको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । बोर्डले दुईवटा कम्पनीको ८५ करोड ५० लाख रुपैयाँ मूल्यबराबरको ८५ लाख ५० हजार कित्ता साधाण सेयर बिक्रीका लागि अनुमति दिएको हो ।















छोरीसँगै किमजोङ द्वारा रकेट प्रहार अभ्यास अवलोकन
लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
सूर्यविनायकमा ‘स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना’ सुरु
पितृशोकमा रहेका ओलीलाई भेट्न गुण्डु पुगिन् प्रधानमन्त्री कार्की
मध्यपूर्व टकरावले तेल आपूर्ति सङ्कट र अन्तर्राष्ट्रिय तनाव बढाउँदै
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रतिक्रिया