उत्तर– दक्षिण कोशी राजमार्ग खुल्यो
मेरोन्यूज
२०८१ माघ ५ गते १३:०६

संखुवासभा । सुक्खा पहिरोले अवरुद्ध उत्तर-दक्षिण कोशी सडकअन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका-३ सेम्बुङमा खाँदबारी-किमाथांका सडकखण्ड एक दिनपछि पुनःसञ्चालनमा आएको छ।
भोटखोला-३ सेम्बुङ डाँडास्थित खाँदबारी-किमाथांका सडक एक दिनपछि खुलेको उत्तर-दक्षिण सडक कार्यालयका सूचना अधिकारी नरेश जिरेलले बताए।
शुक्रबार दिउँसो खसेको सुक्खा पहिरोले २० मिटरभन्दा बढी कच्ची सडक अवरुद्ध पारेको थियो। सडकमाथिबाट ठुल्ठूला ढुंगासहितको सुक्खा पहिरो खसेर अवरुद्ध सडकखण्ड आज बिहानदेखि पुनःसञ्चालनमा आएको उत्तर-दक्षिण सडक कार्यालयका सूचना अधिकारी जिरेलले बताए।
सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिका आवतजावत गर्ने सवारीसाधन रोकिएका थिए। त्यस क्षेत्रमा लगातार सुक्खा पहिरो खसिरहने भएका कारण बेलाबेला कोशी राजमार्गको भोटखोला सडकखण्ड अवरुद्ध हुने गरेको छ।
सम्बन्धित
















पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
राष्ट्रपति पौडेल जापान प्रस्थान: कस्तो छ भ्रमण तालिका ?
आज २०८२ साल माघ १९ गते सोमबारको राशिफल
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया