प्रभु बैंकको नाफा ८४ प्रतिशत बढ्यो

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा प्रभु बैंकको नाफा बढेको छ । यसअवधिमा खुद नाफा ८५.४९ प्रतिशतले बढेर १ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ७२ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
१ वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको छ । यसको खुद ब्याज आम्दानी २.१२ प्रतिशतले बढेर ४ अर्ब ८६ करोड कायम भएको छ । बैंकको सञ्चालन नाफा पनि ४५.९५ प्रतिशतले बढेर २ अर्ब ५२ करोड भएको छ ।
यता, बैंकको खराब कर्जा भने ०.१६ प्रतिशत विन्दुले बढेर ५.०६ प्रतिशत कायम भएको छ । बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । प्रतिसेयर आम्दानी ५ रुपैयाँ २३ पैसाले बढेर ११ रुपैयाँ ३५ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १४४.७९ रुपैयाँ छ ।
पुस मसान्तसम्म आइपुग्दा यस बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ छ । यसको जगेडा कोषमा १३ अर्ब ८७ करोड रुपैयाँ छ । यसको वितरणयोग्य नाफा भने ३ अर्ब ३३ करोड रुपैयाँले ऋणात्मक रहेको छ ।















हुरीका कारण झापामा केराखेतीमा क्षति
छोरीसँगै किमजोङ द्वारा रकेट प्रहार अभ्यास अवलोकन
लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
सूर्यविनायकमा ‘स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना’ सुरु
पितृशोकमा रहेका ओलीलाई भेट्न गुण्डु पुगिन् प्रधानमन्त्री कार्की
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रतिक्रिया