वीरगन्जमा स्कुल बसको ठक्करबाट साइकल यात्रुको मृत्यु
मेरोन्यूज
२०८१ माघ ८ गते २१:०५

वीरगन्ज। स्कुल बसको ठक्करले वीरगन्जमा मंगलबार एक जना साइकल यात्रुको मृत्यु भएको छ।
तेजस एकेडेमीको ना५ख १५०४ नम्बरको स्कुल बसको ठक्करले बाराको फेटा गाउँपालिका–५ का ४५ वर्षका तैयामोदिन मिया अन्सारीको मृत्यु भएको हो। उक्त बसले साइकल यात्री अन्सारीलाई वीरगन्ज महानगरस्थित बाइपासमा ठक्कर दिएको थियो।
बसको ठक्करले गम्भीर घाइते भएका अन्सारीको उपचारका लागि नारायणी अस्पतालमा पुर्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ।
पर्साका ट्राफिक प्रहरी प्रमुख लोकराज भट्टले सवारी दुर्घटनामा संलग्न चालक देवा पासवान र सवारीसाधन बसलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिए।
सम्बन्धित















पौडी खेल्ने क्रममा बालक महाकालीमा बेपत्ता
चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान
मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने
राष्ट्रिय सभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट
छ वर्ष कैद र रु २२ करोडभन्दा बढी जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
आयल निगमले भन्याे- ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिती नगरौँ
प्रतिक्रिया