स्पेनका लागि राजदूत नेपालद्वारा ओहोदाको प्रमाणपत्र पेस

पोर्चुगल । स्पेनका लागि नवनियुक्त नेपाली राजदूत सनिल नेपालले यहाँको विदेश मन्त्रालयका शिष्टाचार महाशाखाका महानिर्देशक एड्रियन मार्टिन कोउस समक्ष ओहदाको प्रमाणपत्रको प्रतिलिपि पेस गरेका छन् ।
राजदूतको जिम्मेवारी सम्हाल्न सोमबार स्पेन आइपुगेका उनले मङ्गलबार महानिर्देशक कोउससमक्ष ओहोदाको प्रमाणपत्रको प्रतिलिपि पेस गरेका हुन् । शिष्टाचार भेटका अवसरमा महानिर्देशक कोउसले राजदूत नेपाललाई बधाई दिनुका साथै स्वागत गरेका थिए । यसैबीच राजदूत नेपालले म्याड्रिडस्थित नेपाली दूतावासमा आफ्नो पदभार ग्रहण गरेका छन् ।
यसअघि उनलाई म्याड्रिडस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा दूतावासका कार्यवाहक राजदूत यज्ञराज पौड्याल, सहचारी विपिन चन्दलगायतका कर्मचारीले स्वागत गरेका थिए । नेपालले स्पेनसँगै माल्टाका लागि गैरआवासीय राजदूतको जिम्मेवारी समेत ग्रहण गरेका छन् । पछिल्लो समय माल्टालाई स्पेनस्थित नेपाली दूतावासलाई जिम्मेवारी तोकिएको छ। माल्टामा नेपाली दूतावास नरहेका कारण नेपाललाई गैरआवासीय राजदूतको जिम्मेवारी दिइएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले गत मंसिर २८ गते नेपाललाई स्पेनका लागि राजदूतमा नियुक्त गरेका थिए । यसअघि उनी पोर्चुगलका लागि राजदूत नियुक्त भएको भए पनि तत्कालीन सरकारले पोर्चुगल नआउँदै फिर्ता बोलाएको थियो ।सरकारले उनलाई गत साउनमा स्पेनका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो ।
कूटनीति, राजनीति, अन्तर्राष्ट्रिय मामिला, विकास र नीति निर्माणलगायतका विषयमा विज्ञका रूपमा काम गर्दै आएका नेपालले स्वदेशी तथा विदेशी सङ्घसंस्थाहरूका विभिन्न भूमिकामा रहेर काम गरिसकेका छन् ।

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
प्रतिक्रिया