लोक संस्कृतिको प्रवद्र्धनले समग्र देश विकासमा टेवा पुग्छ : उपप्रधानमन्त्री सिंह

धादिङ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले लोक संस्कृतिको प्रवद्र्धनले समग्र देश विकासमा टेवा पुग्ने बताएका छन् । आफ्नो संस्कार र संस्कृतिले देशको पहिचान उचो राख्दै देशको समग्र विकासमा टेवा पुग्ने उनले उल्लेख गरे ।
धादिङ लोक सांस्कृतिक महोत्सव उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले देशको आर्थिक विकास, सामाजिक एकता र पर्यटन प्रवद्र्धनका लागि लोक सांस्कृतिक पक्षको प्रचार महत्वपूर्ण रहेको बताए । लोक सांस्कृतिक महोत्सवले देशको पहिचान उचो बनाउँदै आर्थिक विकास, सामाजिक एकता र पर्यटन प्रवद्र्धनसँगै देशको समग्र विकासमा योगदान दिने उनको भनाइ थियो ।
“नेपाली लोक संस्कृति र संस्कारप्रति स्वदेशीभन्दा विदेशी बढी आकर्षित हुन्छन् । यस्ता मेला महोत्सव विदेशी र स्वदेशी पर्यटकलाई आकर्षित गर्ने माध्यम बन्न सक्छन । यसले पर्यटन उद्योगलाई उकास्न मद्दत गर्दछ”, उनले भने, “महोत्सवको आयोजना गर्दा स्थानीय उत्पादनको बिक्री, होटेल व्यवसाय, हस्तकला तथा यातायात सेवामा आर्थिक गतिविधि बढ्छ र यसले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउँछ ।”
देशको मौलिक परम्परा, वेषभूषा, सङ्गीत, नृत्य, र कला प्रदर्शन गरेर सांस्कृतिक पहिचानलाई जोगाउन आवश्यक रहेको उल्लेख गर्दै उनले यस्ता मेला महोत्सवबाट युवा पुस्तालाई आफ्नै संस्कृतिप्रति गर्व गर्न प्रेरणा दिनेमा विश्वास व्यक्त गरे ।









राष्ट्र शान्तिको उद्देश्यसहित श्रीमद्भागवत महापुराण सप्ताह महायज्ञ सुरु
आज कति पुग्यो सुनको भाउ ?
रेखा खोलामा शव फेला, दुई जना पक्राउ
चितवनमा बोलेरो गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु
हुम्लामा भालुको आक्रमणबाट ३ जना घाइते
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रतिक्रिया