लोक संस्कृतिको प्रवद्र्धनले समग्र देश विकासमा टेवा पुग्छ : उपप्रधानमन्त्री सिंह

धादिङ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले लोक संस्कृतिको प्रवद्र्धनले समग्र देश विकासमा टेवा पुग्ने बताएका छन् । आफ्नो संस्कार र संस्कृतिले देशको पहिचान उचो राख्दै देशको समग्र विकासमा टेवा पुग्ने उनले उल्लेख गरे ।
धादिङ लोक सांस्कृतिक महोत्सव उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले देशको आर्थिक विकास, सामाजिक एकता र पर्यटन प्रवद्र्धनका लागि लोक सांस्कृतिक पक्षको प्रचार महत्वपूर्ण रहेको बताए । लोक सांस्कृतिक महोत्सवले देशको पहिचान उचो बनाउँदै आर्थिक विकास, सामाजिक एकता र पर्यटन प्रवद्र्धनसँगै देशको समग्र विकासमा योगदान दिने उनको भनाइ थियो ।
“नेपाली लोक संस्कृति र संस्कारप्रति स्वदेशीभन्दा विदेशी बढी आकर्षित हुन्छन् । यस्ता मेला महोत्सव विदेशी र स्वदेशी पर्यटकलाई आकर्षित गर्ने माध्यम बन्न सक्छन । यसले पर्यटन उद्योगलाई उकास्न मद्दत गर्दछ”, उनले भने, “महोत्सवको आयोजना गर्दा स्थानीय उत्पादनको बिक्री, होटेल व्यवसाय, हस्तकला तथा यातायात सेवामा आर्थिक गतिविधि बढ्छ र यसले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउँछ ।”
देशको मौलिक परम्परा, वेषभूषा, सङ्गीत, नृत्य, र कला प्रदर्शन गरेर सांस्कृतिक पहिचानलाई जोगाउन आवश्यक रहेको उल्लेख गर्दै उनले यस्ता मेला महोत्सवबाट युवा पुस्तालाई आफ्नै संस्कृतिप्रति गर्व गर्न प्रेरणा दिनेमा विश्वास व्यक्त गरे ।















अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
आयोगद्वारा सबै उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न अनुरोध
अध्यक्ष दाहालद्वारा संसद् भवनको अनुगमन
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
प्रतिक्रिया