कोरोनाविरूद्ध खोप ल्याउन कुटनीतिक पहल बढाउन देउवाको माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले कोरोनाविरूद्ध आवश्यक मात्रामा खोप ल्याउन कुटनीतिक पहल वढाउनु पर्ने बताएका छन् ।
प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका देउवाले सोमबार वक्तब्य जारी गदैं कोरोना संक्रमितकोसंख्या वढदै गएकोले अहिलेको संरचनाले मात्र थेग्न मुश्किल पर्ने भन्दै त्यसतर्फ पनि सरकारले ध्यान दिनुपर्ने वताएका हुन् ।
सरकार समयमै गम्भिर नहुनाले खोपका समुचित व्यवस्था हुन नसकेको देउवाको आरोप छ । उनले कोरोना महामारी रोकथाममा गम्भिर हुन सरकारलाई आग्रह समेत गरेको छ ।
अग्रिम बुकिङ गरेर पनि खोप पाउन नसकेका नेपालजस्ता देशहरुलाई बुकिङ गरेकै मध्येबाट खोप उपलब्ध गराउन देउवाले जोड गरेका छन् ।
आइसियू र भेन्टिलेटरको संख्या थप गर्न, कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीको मनोवल उच्च बनाइराख्न पनि देउवाले सरकारको ध्यानाकर्षण गराएका छन्।










निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ
नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने
९५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ
एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत, सेना परिचालन गर्न रक्षा मन्त्रालयलाई पत्र
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
सन्तोष परियारले छाडे रास्वपा
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
प्रतिक्रिया