प्रदेश नं १ मा थप २०२ जनामा कोरोना
मेरोन्यूज
२०७८ वैशाख १३ गते १९:५४

काठमाडौं । पछिल्लो २४ घण्टामा प्रदेश नंं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसरीका ३३, ताप्लेजुङका दुई, सङ्खुवासभा, इलाम, उदयपुर र पाँचथरका एकएक तथा प्रदेश बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ३१ हजार ६४६ पुगेको छ भने तीमध्ये २९ हजार ९५९ सङ्क्रमणमुक्त भएको छ । यो प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार २०५ रहेका छन् । पछिल्लो २४ घण्टामा यो प्रदेशमा ७४७ जनाको पिसिआर परीक्षण गर्दा ७६ महिला र १२६ पुरुषमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
विगत केही दिनदेखि सङ्क्रमितको सङ्ख्यामा उल्लेखनीय वृद्धि हुन थालेपछि विराटनगर महानगरपालिकाले सबै विद्यालय बन्द गर्ने निर्णय गरेको थियो भने हिजो विराटनगरमा ७५ जना सङ्क्रमित भएको थियो ।
सम्बन्धित










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया